शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

जेनजी अभियन्ता मिराजमाथि आक्रमण गर्नेलाई कारवाही गर्न Common Gen-Z Nepal को माग

 

काठमाडौं, ४ मंसिर ।
Common Gen-Z Nepal जेनजी अभियन्ता मिराज ढुंगानामाथि भएको आक्रमण र सिमरा घटनाप्रति आपती जनाउदै घटनामा संलग्न अपराधीलाई पक्राउ गरी कारबाही गर्नुपर्ने माग गरेको छ ।

Common Gen-Z Nepal का अध्यक्ष विकेश साहले आज विज्ञप्ती जारी गर्दै ढुंगानामाथिको हातपात र उनको कार्यालयमा भएको ढुंगा प्रहार घटनाको भत्र्सना गर्दै दोषीलाई पक्राउ गरी कारबाही गर्न माग गरेका छन् ।

‘जेनजी अभियन्ता मिराज ढुङ्गनामाथि भएको आक्रमणप्रति Common Gen-Z Nepal कडा आपत्ति प्रकट गर्दछ । शान्तिपूर्ण अभियानमा जुटिएको व्यक्तिमाथि भएको हातपात अक्षम्य छ । हिजो आफ्नो कार्यालयमा रहेका बेला हातपात र कार्यालयमा ढुंगा प्रहार भएको घटनाको हामी घोरभत्र्सना गर्दर्छौं । हामी सम्बन्धित निकायलाई घटनाको छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गर्दछौँ । जेनजीमाथि हुने कुनै पनि प्रकारको हिंसा र दमनका विरुद्ध हामी एकजुट रहनेछौं,’ अध्यक्ष साहले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यस्तै, मधेस प्रदेश बारा जिल्लाको सिमरामा एमालेका गुण्डाहरुले जेनजी युवामाथि गरेको कुटपिट लगायत घटनाको विरोध गर्दै दोषीलाई पक्राउ गरि कारबाही गर्न माग गरिएको छ ।
जेनजीका हत्यारा केपी ओलीका लठैतहरुले देशमा पुनः द्वन्द र मुठभेड़ गराउने कार्य गरिरहेको आरोप साहले लगाएका छन् ।

‘जेनजीका हत्यारा केपी ओलीका लठैतहरुले देशमा पुनः द्वन्द र मुठभेड़ गराउन बारा जिल्लाको परवानीपुरमा कार्यक्रमको आयोजना गरेको थियो । यस्ता कार्यक्रम मार्फत एमाले पार्टीले लगातार आन्दोलनकारीलाई तर्साउने र धमकाउने जुन खेल गरिरहेछ, यो गम्भीर अपराध हो । यस अपराधमा संलग्न खासगरी सिमरामा जेनजीमाथी भएको सांघातिक आक्रमणमा प्रत्यक्ष/अप्रत्यक्ष संलग्न अपराधीहरूलाई तुरुन्त गिरफ्तार गरि कारवाही गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराउदछु,’ Common Gen-Z Nepal अध्यक्ष साहले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x