एनपीएलः जनकपुर बोल्टलाई हराउदै काठमान्डु गोर्खाजको विजयी सुरुवात

काठमाडौं / नेपाल प्रिमियर लिग (एनपीएल)सिजन २ को उद्घाटन खेलमा काठमान्डु गोर्खाज विजयी भएको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा काठमान्डुले डिफेन्डिङ च्याम्पियन जनकपुरलाई पाँच विकेटले पराजित गरेको हो।
जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य पछ्याएको काठमान्डु गोर्खाजले १८ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो। काठमान्डुका ओपनर बेन चार्ल्सवर्थले सर्वाधिक ४६ रन बनाए। यस्तै अर्का ओपनर आकाश त्रिपाठीले ३९ रन बनाए।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको जनकपुर बोल्ट्सले काठमान्डु गुर्खाजलाई २० ओभरमा ६ विकेट गुमाएर १३१ रनको लक्ष्य दिएको थियो।
जनकपुरका ओपनर आशिफ शेखले भने अर्धशतक पूरा गरे। उनले ४१ बलमा ६ चौका र एक छक्कासहित ५४ रन बनाए। यस्तै मयन यादवले ३४ तथा लाहिरु समराकनले २२ रन बनाए। काठमाण्डुका मिलिन्द कुमार तीन विकेट लिए।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE