शनिबार, माघ १८, २०८२
Saturday, January 31, 2026

राप्रपाको  सहभागी सहित मधेशमा तीन मन्त्री नियुक्त

  • 9
  •  
  •  
  •  
  •  
  •  
  •  
    9
    Shares

sharethis sharing button

सोमबार २४ कार्तिक २०८२

काठमाडौ / मधेस प्रदेशमा तीन जना मन्त्री नियुक्त भएका छन्।

नेकपा एमालेबाट लखन दास, नेपाल समाजवादी पार्टीबाट विमला अन्सारी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कञ्चन विच्छा मन्त्री बनेका हुन्।

उनीहरूको पद तथा गोपनीयताको शपथ पनि भइसकेको छ। मुख्यमन्त्री सरोजकुमार यादवपछि प्रदेश प्रमुख भण्डारीले उनीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी थिइन्।

एमाले केन्द्रीय सदस्य एवम् संसदीय दल नेता यादवलाई प्रदेश प्रमुख भण्डारीले आइतबार राति नै मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन्।  प्रदेश प्रमुख भण्डारीले संविधानको धारा १६८ (३) बमोजिम यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन्।

प्रदेश सभामा नेकपा एमाले सबैभन्दा ठूलो दलको रूपमा रहेको एमालेका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेर प्रदेश प्रमुख भण्डारी भने काठमाडौं लागेकी छन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x