शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

देशैभरी भण्डाफोर अभियान सञ्चालन गर्नुअघि जेनजी अगुवाहरु एकीकृत हुन भोली भेला गर्दै

  • 39
  •  
  •  
  •  
  •  
  •  
  •  
    39
    Shares

 

शुक्रबार २१ कार्तिक २०८२
काठमाडौं / जेनजी अगुवाहरु एकीकृत हुन भोली (शनिबार) काठमाडौंको कोटेश्वरमा विशेष भेला गर्दैछन् । तितरवितर रहेका जेनजीलाई एकजुट बनाएर जेनजी आन्दोलनलाई सफल बनाउने उदेश्यले सो भेला गर्न लागिएको हो ।

जेनजी आन्दोलनका अगुवा एवं आन्दोलनकारी विकेश साहको नेतृत्व हुन लागेको विशेष भेलाले सातै प्रदेशमा इन्चार्ज सहितको जिम्मेवारी समेत तोक्ने बताइएको छ । जेनजी आन्दोलनलाई सार्थक बनाउन भेला गर्न लागिएको साहले जनाएका छन् ।

अहिले अन्तरिम संविधान सहित जेनजी नेतृत्वमा नयाँ सरकार गठन गर्नुपर्ने उनले जनाएका छन् । जेनजी हत्यारा र देश लुटने भ्रष्टाचारीलाई सरकारले कारबाही गर्न असफल रहेको बताउदै उनले यसका बिरुद्धमा देशैभरी भण्डाफोर अभियान सञ्चालन गर्ने बारेमा समेत भेलामा छलफल हुने उनले जनाएका छन् ।

निकास र विकासमा असफल सुशीला कार्की नेतृत्वको सरकार तुरुन्त विघटन गर्नुपर्ने बताउदै उनले जेनजी आन्दोलनकारीमाथिको भइरहेको धरपकड बन्द गर्नुपर्ने बताए । साथै जेनजीमाथि मुद्धा लगाउने निकम्मा गृहमन्त्री ओमप्रकाश अर्यालले तुरुन्त राजीनामा दिनुपर्ने साहले बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x