शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

पहाडी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

  • 17
  •  
  •  
  •  
  •  
  •  
  •  
    17
    Shares

sharethis sharing button

बिहीबार २० कार्तिक २०८२

काठमाडौँ / पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण नेपालका पहाडी भूभागमा आंशिक बदली र हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा छ।

आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रहने र कोशी, गण्डकी तथा कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षासहित हिमपात हुन सक्ने सम्भावना रहेको छ।

आज राति पनि कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी क्षेत्रमा मौसम सफा रहने महाशाखाले जनाएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x