शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

आज देशभर मौसम बदली रहि केही ठाउँमा भारी वर्षाको सम्भावना,सतर्कता अपनाउन महाशाखाको अनुरोध

  • 95
  •  
  •  
  •  
  •  
  •  
  •  
    95
    Shares

शुक्रबार १७ असोज २०८२

काठमाडौ / हाल देशभर मनसुनी र स्थानीय वायुको प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शुक्रबार दिउँसो देशभर साधारणतया बदली रहनेछ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी र मधेस प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। लुम्बिनी, कर्णाली र बागमती प्रदेशका केही भागमा भारी वर्षा पनि हुन सक्ने पूर्वानुमान गरिएको छ।

आज राति पनि अधिकांश स्थानमा बदली रहनेछ। कोशी, गण्डकी, लुम्बिनी र मधेस प्रदेशका विभिन्न स्थानमा मध्यम तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ। मौसम सम्बन्धी सतर्कता अपनाउन महाशाखाले सबैलाई अनुरोध गरेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x