शनिबार, बैशाख १९, २०८३
Saturday, May 2, 2026

एकीकृत समाजवादीको सचिवालय बैठक जारी,झाँक्रीको अभिव्यक्तिबारेमा छलफल हुने

  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares

आइतबार २२ असार २०८२

काठमाडौं / नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक  जारी रहेको छ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा जारी बैठकमा पार्टी स्थायी समिति सदस्यका रामकुमारी झाँक्रीको अभिव्यक्तिबारेमा पनि छलफल हुने बताइएको छ। बिहीबार छोटो समय बसेर स्थगित भएको बैठक आज पुनः बसेको एकीकृत समाजवादीले जनाएको छ।

झाँक्रीले एक सार्वजनिक कार्यक्रममा अध्यक्ष नेपाललाई सिनोसँग तुलना गर्दै अब काँधमा हालेर हिँड्न नसकिने बताएकी थिइन्।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध पतञ्जलि योगपीठको जग्गा घोटाला अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको सन्दर्भमा झाँक्रीले नेपालविरुद्ध अभिव्यक्ति दिएकी थिइन्।

झाँक्रीको उक्त अभिव्यक्तिले एकीकृत समाजवादीमा हलचल ल्याइदिएको छ। पार्टीका केही नेताहरुले झाँक्रीलाई कारबाही गर्नुपर्ने बताउँदै आएका छन्। झाँक्रीको पार्टी सदस्यता नै खोसिनुपर्ने उनीहरुको मत रहेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x