शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

सर्लाहीका एसपीलाई जसपाका अध्यक्ष यादवको गुण्डागर्दी शैलीमा धम्की

  • 167
  •  
  •  
  •  
  •  
  •  
  •  
    167
    Shares
काठमाडौ / जनता समाजावादी पार्टीका मधेश प्रदेशका अध्यक्ष अशोक यादवले जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी योगेन्द्रकुमार खड्कालाई गुण्डागर्दी शैलीमा धम्क्याएका छन् ।

अध्यक्ष यादवले टेलिफोनमा ठाडो कुरा गर्दै ए… एसपी अपशब्द प्रयोग गर्दै एसपीलाई लुटेरा भन्दै धम्क्याएका छन् । सर्लाहीमा पछिल्लो समय तस्करी नियन्त्रणमा प्रहरीले जति सक्रियता देखाएको छ, त्यति नै ठूलो विवाद पनि चुलिँदै गएपछि  यादवले धम्क्याएका हुन् ।

जिल्लामा तस्करीको नाममा निर्दोष नागरिकहरूलाई मुद्दामा फसाइने र असली तस्करहरूलाई जोगाइने उनको आरोप छ । यही विषयलाई लिएर जिल्ला प्रहरी प्रमुख एसपी खड्का र जसपा नेपालका मधेश प्रदेश अध्यक्ष अशोक यादवबीच वादविवाद हुँदा अश्लिल शब्द प्रयोग गर्दै धक्की दिएका छन् ।

अध्यक्ष यादवले प्रहरी प्रशासनमाथि खुलेर आरोप लगाउँदै आएका छन्  । ‘एसपीलाई मधेशमा लुट्न आएको भनेपछि विवाद चर्केको थियो ।

प्रहरीमाथि सार्वजनिक रुपमा प्रश्न उठ्ने अर्को पक्ष जिल्ला प्रहरी कार्यालयकै मुद्दा फाँट रहेको छ । मुद्दा फाँटका प्रहरी निरीक्षक बालिष्टर सिंहमाथि आर्थिक लेनदेनका आधारमा मुद्दा कमजोर बनाइदिने र झुटा मुद्दा लगाउने आरोपहरू सञ्चारमाध्यममार्फत सार्वजनिक भइसकेका छन् । तर, यस्ता गम्भीर आरोपहरूमाथि हालसम्म कुनै छानबिन नहुनुले प्रहरी नेतृत्वमाथि समेत प्रश्न उठेको छ ।

सर्लाहीमा वर्षौंदेखि तस्करीको जालो बलियो रहेको छ । सीमावर्ती क्षेत्र भएकाले यहाँ साना व्यापारीदेखि उच्चस्तरीय तस्करहरू सक्रिय छन् । यादवले  प्रहरीमाथि नलाग्ने आरोप लगाएपछि एसपी रिसाएको देखिन्छ । तुलनात्मक रुपमा कार्यसम्पादन राम्रो भएका एसपी खड्कालाई धम्की दिएपछि दुवै पक्ष आवेशमा आएको देखिन्छ ।

जसपा नेता अशोक यादवजस्ता प्रदेशस्तरका नेताले खुलेआम प्रहरीमाथि आरोप लगाउनु र त्यसको प्रतिउत्तरमा प्रहरी प्रमुखले पनि कडा प्रतिक्रिया दिएपछि अहिले परिस्थिति अप्ठेरो हुने बताइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x