शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

देशभर ३९ स्थानीय तहले कानुनी समयभित्र बजेट ल्याउन सकेनन्,मधेशको १६ नगरपालिका बजेट ल्याउन असफल

  • 44
  •  
  •  
  •  
  •  
  •  
  •  
    44
    Shares

बुधबार ११ असार २०८२

काठमाडौ / १० असारसम्म बजेट ल्याउनुपर्ने कानुनी प्रावधान विपरीत देशभर ३९ स्थानीय तहले समयमै बजेट सार्वजनिक गर्न सकेनन्। नेपाल नगरपालिका संघका अनुसार २९३ नगरपालिकामध्ये २४ नगरपालिकाले बजेट ल्याउन असफल भएका छन्। त्यसमध्ये काठमाडौं महानगर र धरान उपमहानगर पनि छन्।

जस मध्ये मधेश प्रदेशका १६ नगरपालिका बजेट ल्याउन असफल देखिए भने बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही नगर तथा गाउँपालिकाले पनि बजेट ल्याउन सकेनन्। गाउँपालिकातर्फ ४६० मध्ये १५ वटा गाउँपालिकाले मात्र बजेट सार्वजनिक गरेनन्।

कार्यकारी निर्देशक राजेन्द्र प्रसाद प्याकुरेलका अनुसार जनप्रतिनिधिको आपसी द्धन्द्ध, समय अभाव र तयारीको कमीले गर्दा बजेट ल्याउन ढिला भएको हो।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x