शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

सुकुम्बासी बस्तीमा खानेपानी दिलाउन आजपाद्धारा संघर्षका कार्यक्रम सार्वजनिक

  • 57
  •  
  •  
  •  
  •  
  •  
  •  
    57
    Shares

 

शनिबार २४ जेठ २०८२
काठमाडौं /आम जनता पार्टी (आजपा)ले काठमाडौंको सुकुम्बासी बस्तीमा खानेपानीका लागि संघर्ष गर्ने निष्कर्ष निकालेको छ । खानेपानीका लागि आजपाले आन्दोलनसहित संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।

आजपा काठमाडौं उपत्यका विशेष कमिटी र आम सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघको आज (शनिबार) पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा बसेको पदाधिकारी बैठकले सुकुम्बासी बस्तीमा खानेपानीका लागि संघर्ष सहित आन्दोलनको कार्यक्रम अगाडी बढाउने निर्णय गरेको हो ।

बैठकमा संघका पदाधिकारी एवं अगुवा नेताहरुले बर्षौदेखी सरकारले खानेपानी उपलब्ध नगराउँदा समस्या भएको र त्यसका लागि संघर्षका कार्यक्रम अगाडी बढाउनुपर्ने बताए ।

बैठकका प्रमुख अतिथि आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले २१औँ शताब्दीमा समेत सुकुम्बासी बस्तीमा शुद्ध खानेपानी नहुनु र सरकारले रोक्नु भनेको मानवता विरोधको अपराध भएको बताए । सुकुम्बासी बस्तीमा रहेका नागरिकसंग सरकारले कर लिने, मत लिने तर शुद्ध खानेपानी नदिने बिषय आफूलाई स्वीकार्य नभएको उनले बताए ।

‘सुकुम्बासी बस्तीमा जसरी पनि शुद्ध खानेपानी सरकारले पुर्याउनुपर्छ । यदी सरकारले शुद्ध खानेपानी नदिए हामीले जस्तोसुकै आन्दोलनका लागि पनि तयार हुनुपर्छ,’ आजपा अध्यक्ष साहले भने, ‘२१औँ शताब्दीमा कुनै पनि नागरिकलाई खानेपानीबाट रोक्नु भनेको मावता विरोध अपराध हो । हामी आन्दोलनका लागि तयारी अवस्थामा रहनुपर्छ ।’

बैठकले सुकुम्बासी बस्तीमा खानेपानीको माग सहित खानेपानी संस्थानमा २६ जेठमा ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ । एक हप्तामा माग सम्बोधन नभए २ असारमा गाग्री थापेर पानी माग्ने, ३ असार देखी गाग्री थापेर पानी माग्दै प्रदर्शन गर्ने गर्ने, पानी उपलब्ध नगराए तालाबन्दी, खानेपानी वितरण अवरुद्ध गर्ने लगायतका कार्यक्रम रहेको छ ।
बैठकले ‘खानेपानीका लागि संघर्ष समिति, सुकुम्बासी बस्ती, काठमाडौं’ समेत गठन गरेको छ । सुकुम्बासी बस्तीमा खानेपानीका लागि गठन भएको संघर्ष समितिको इन्चार्जमा आजपा सहअध्यक्ष तिलक थापामगर, सहअध्यक्षमा देवी पण्डित, संयोजकमा कालबहादुर विक, सहसंयोजकमा उपेन्द्र साह प्रवक्तामा रञ्जुकुमारी साह र सदस्यहरुमा उपत्यका कमिटीका सदस्य एवं संघका सदस्यहरु रहेका छन् ।

आजपा काठमाडौं उपत्यका विशेष कमिटीका अध्यक्ष देवी पण्डितको अध्यक्षतामा बसेको बैठकमा आजपा अध्यक्ष प्रभु साह, सहअध्यक्ष तिलक थापामगर, आम सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघका अध्यक्ष कालबहादुर विक लगायतको सहभागिता रहेको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x