राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्र थुनामुक्त

शुक्रबार २ जेठ २०८२
काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थुनामुक्त भएका छन् ।नेता मिश्रको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै आज सर्वोच्चले सो आदेश दिएको हो । यससँगै मिश्र हिरासत मुक्त भएका हुन ।
न्यायाधीशद्वय तीलप्रसाद श्रेष्ठ र कुमार चुडालको संयुक्त इजलासमा बन्दी प्रत्यक्षीकरण मुद्दाको सुनुवाइ भएको थियो ।
उनलाई सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएसँगै सञ्चारकर्मीहरुसँग कुरा गर्दै राज्य विरुद्धको कसुर संगठित अपराध र अपराधिक उपद्रोह आफूबाट नभएको बताएका छन्।
उनले भने, ‘राज्य विरुद्धको कसुर संगठित अपराध र अपराधिक उपद्रोह म बाट केही पनि भएको छैन मैले आज त्यति मात्रै टिप्पणी गरे। म हाजिरी जमानीमा छुटेको हुँ। त्यसमा म धेरै खुसी हुने पक्षमा छैन। किनभने राज्य म विरुद्ध लागेको छ भनेर सम्मानित अधिवक्ताहरुले पनि भनिसक्नु भएको छ।’
साथै उनले चैत १५ गतेको घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गरे। उनले जति जनधनको क्षति भयो त्यसमा समेत दुख व्यक्त गरे। उनले भने, ‘सबैभन्दा पहिले चैत १५ गतेको घटनामा ज्यान गुमाउनेप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु । जति जनधनको क्षति भयो त्यसमा दुख व्यक्त गर्न चाहन्छु।’
राज्यविरुद्धको कसुरजन्य, संगठित अपराधजन्य र अपराधिक उपद्रवजन्य मुद्दामा प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको थियो। त्यसयता प्रहरीले आठ पटकसम्म म्याद थप गरेर हिरासतमा राखेको थियो।
उनी गत चैत १५ गते भएको राजावादीहरूको हिंसात्मक प्रदर्शन पछि उनलाइ पक्राउ गरिएको थियो ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE