आइतवार, माघ १९, २०८२
Sunday, February 1, 2026

दीपिका पादुकोण सुहाना खानको आमा बन्ने

  • 36
  •  
  •  
  •  
  •  
  •  
  •  
    36
    Shares

बिहीबार ११ बैशाख २०८२

काठमाडौ /  बलिउड अभिनेत्री दीपिका पादुकोण सुहाना खानको आमा बन्ने भएकी छन्।

बलिउड सञ्चारमाध्यमहरूले जनाएअनुसार सुहाना छिट्टै नै फिल्म किङमार्फत बलिउड फिल्ममा डेब्यु गर्दैछिन्। सो फिल्ममा उनका अभिनेता पिता शाहरुख खान पनि रहनेछन्।

समाचारमा जनाइएअनुसार शाहरुख खान र फिल्म निर्देशक सिद्धार्थ आनन्द दुवैले दीपिकाले सो भूमिका निर्वाह गरोस् भन्ने चाहेका कारण उनले केमियो भूमिकामा सुहानाको आमाको भूमिका निर्वाह गर्न लागेकी हुन्।

बलिउड अभिनेत्रीको शीर्ष स्थानमा छाइरहेकी दीपिका आमाको भूमिकामा खेल्न लागेको यो पहिलोपटक भने होइन। आमाको भूमिकामा खेल्दा काम पाइँदैन भन्ने मान्यतालाई कुल्चदै उनले फिल्म कल्कीमा पनि आमाको भूमिका निर्वाह गरेकी थिइन् भने फिल्म जवानमा शाहरुखकी आमा र ब्रह्मास्त्र भाग १ मा रणबीर कपूरकी आमाको भूमिका निर्वाह गरेकी थिइन्।

सन् २००७ मा ओम शान्ति ओम बाट बलिउडमा डेब्यु गरेकी दीपिका करिअरको डेढ दशक पार गर्दा पनि उत्तिकै व्यस्त र चर्चामा छिन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x