शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

७ बल बाँकी छँदै कुवेतमाथि नेपालको जित

  • 17
  •  
  •  
  •  
  •  
  •  
  •  
    17
    Shares

बिहीबार २८ चैत २०८१

काठमाडौं / हङकङमा जारी चारदेशीय टी–२० सिरिजमा नेपालले कुवेतलाई पराजित गरेको छ । सिरिजमा यो नेपालको लगातार दोस्रो जित हो । यसअघि नेपालले बुधबार कतारलाई ८ विकेटले पराजित गरेको थियो ।

कुवेतले दिएको १८६ रनको लक्ष्य पच्छ्याएको नेपालले ७ बल बाँकी छँदै ४ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले उत्कृष्ट इनिङ खेले । कुशलले ५० बलमा ६ चौका र ६ छक्काको मदतमा ८१ रन बनाए । आसिफले ३८ बलमा ४ छक्काको मद्दतमा ५३ रन बनाए । दीपेन्द्रसिंह ऐरीले १२ बलमै ३१ रन जोडे गुलसन झाले ३ बल खेलेर २ चौकाको हान्दै नेपालको जित सुनिश्चित गरे ।

टस हारेर ब्याटिङको निम्तो पाएको कुवेतले निर्धातिर २० ओभरमा ८ विकेट गुमाउँदै १८५ रन जोडेको थियो । कुवेतका ओपनर क्लिन्टो एन्टोले ४१ रन जोडे । यसैगरी अर्का ओपनर रविजा सन्दारुवानले २६ रन, मित भावासरले ३५ रन, विलाल ताहिरले ३२ रन, कप्तान मोहम्मद अस्लामले १७ रन बनाए ।

नेपालका सोमपाल कामीले ३ विकेट लिए भने नन्दन यादवले २ विकेट तथा कुशल भुर्तेल र ललित राजवंशीको नाममा एकएक विकेट रह्यो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x