शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

जनआन्दोलन समितिको जनकमान्डर दुर्गा प्रसाईं

  • 24
  •  
  •  
  •  
  •  
  •  
  •  
    24
    Shares

बिहीबार १४ चैत २०८१

काठमाडौं / राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समिति कमाण्डको जिम्मेवारी दुर्गा प्रसाईंले सम्हाल्ने भएका छन्।

समितिका संयोजक नवराज सुवेदीले बिहीबार राजधानीमा पत्रकार सम्मेलनमार्फत प्रसाईंले आन्दोलन कमाण्डरको जिम्मेवारी सम्हाल्ने बताएका हुन्।

‘संयुक्त जनआन्दोलन समितिमा जनकमान्डरको जिम्मा दुर्गा प्रसाईंलाई दिइएको छ। प्रसाईं नेतृत्वमा आह्वान भएको चैत १५ को आन्दोलनलाई समर्थन गर्दछौं,’  सुवेदीले भने ।

यससँगै प्रसाईंको नेतृत्वमा शुक्रबार काठमाडौंमा प्रदर्शन हुने भएको छ। राजावादीको प्रदर्शनका लागि काठमाडौं प्रशासनले तीनकुने क्षेत्रलाई तोकेको छ।

पत्रकार सम्मेलनमा बोल्दै संयोजक सुबेदीले डा. धवलशम्शेर राणाको नेतृत्वमा १ हजार १११ सदस्यीय जनआन्दोलन परिचालन समिति गठन गरिएको जानकारी पनि दिए ।२०४७ सालको संविधानमा टेकेर नयाँ समझदारी गर्न उनले दलहरुलाई अपिल गरेका छन् ।

आज मात्रै प्रसाईंले निर्मल निवास पुगेर पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट गरेका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x