सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

कलाकारितामा नयाँ पिढिलाइ हेप्ने चलन छ : मोडेल स्विटि तमाङ

  • 55
  •  
  •  
  •  
  •  
  •  
  •  
    55
    Shares

 

आइतबार १८ फागुन २०८१

काठमाडौ / मकवानपुर जिल्लाको हेटौंडा हालको गडि गाउपालिका-२ मा जन्मिएकी शर्मिलादेबी दोङ( स्विटी तामाङ ) को बाल्यकालदेखिकै कलाकार बन्ने सपना थियो। १३ बर्षको उमेरमा परिबारको साथमा काठमाडौ आएकी उनिले १६ बर्षको उमेरमा दाङ जिल्लाको एक स्टेज शो मा पहिलोपटक नृत्य प्रस्तुत गर्न पुगिन।

हुन त बाल्यकालमा समेत रेडियो सुन्दै स्विटिले हेटौंडा नाच्ने गर्दथिन। दाङ हुँदै,बिरगंज ,गोरखा देशका थुप्रै ठाउँमा उनले आफ्नो नृत्य कौशल प्रस्तुत गरिसकेका छिन।  आजभन्दा १७ बर्ष अगाडी नृत्य निर्देशक बुद्द लामाको निर्देशनमा मेघ दोङ र शशिकला मोक्तान को तामाङ गित दुम्जा मेलारी मा पहिलोपटक मोडलको रुपमा प्रस्तुत भएकी थिइन। समयक्रममा उनले तिज गित हुँदै केही म्युजिक भिडियोमा सहित मोडेलको रुपमा उदाएकि  छिन । पारिबारिक कारणका कारण करिब तीन बर्ष उनले कलाकारिता बाट बन्चित हुनुपर्यो। तीन बर्ष पछाडी उनी फेरि एकाएक नृत्यको लागि बिदेश को स्टेज शो तर्फ ब्यस्त हुन थालिन। कार्यक्रम को दौरानमा दक्षिण कोरियामा पुगेको बेला उनले “बाउको फेसबुक” नामक एक शट फिल्ममा समेत अभिनय गरिन। कुन्ती मोक्तानको जति मरिमेटेपनी बोलको गितमा अभिनय हुँदै हालसम्म करिब २ दर्जन जति म्युजिक भिडियो,टेलिफिल्म ३० भन्दा बढिमा आफ्नो अभिनय पश्किसकेकी छिन। हाल गरिबको जिन्दगी नामक पारिबारिक टेलिफिल्ममा अभिनय गरिरहेकी स्विटिले कलाकार क्षेत्रमा नै आफ्नो जीवन बिताउन चाहन्छिन। कतिपय टेलिफिल्म आफैले निर्माण गरेकी उनी भन्छिन नयाँ नयाँ हुदा यो क्षेत्रमा धेरै हेप्ने परम्परा छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x