बुधबार, फाल्गुन २८, २०८१
Wednesday, March 12, 2025

मिहिनेत गर्ने श्रमजीविहरुले अहिलेको बदलिदो समय अनुसार श्रमको मुल्य पाउँन सकेका छैनन् : प्रभु शाह

  • 169
  •  
  •  
  •  
  •  
  •  
  •  
    169
    Shares
शनिबार २६ माघ २०८१

काठमाडौं / आम जनता पार्टी निकट भातृ संगठन आम ट्रेड युनियन फेडरेसन नेपालको घटक संगठन आम निर्माण श्रमिक संघको प्रथम राष्ट्रिय भेला सम्पन्न भएको छ।

आम निर्माण मजदुरहरूको सम्मान सुरक्षा र रोजगारिको लागि आज (शनिबार) कोटेश्वर, काठमाडौंमा सम्पन्न प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले श्रमजीविको हकअधिकार सहित उनीहरुको श्रमको उचित मुल्यांक सरकारले गर्न नसकेको बताएका छन् । ओली सरकारको कारण श्रमजीविहरुले आफ्नो श्रमको उचित मुल्य नपाएको उनले बताए ।

‘मुलुकको विकास, समृद्धिका लागि दिनरात मिहिनेत गर्ने श्रमजीविहरुले अहिलेको बदलिदो समय अनुसार श्रमको मुल्य पाउँन सकेका छैनन् । उनीहरुको श्रमको उचित मुल्यांक गरेर श्रमको मुल्य निर्धारण गर्नुपर्ने सरकार अहिले भगौडा जस्तो भागेर हिडिरहेको छ,’ आजपा अध्यक्ष साहले भने, ‘श्रम गरेपछि श्रमिकले उचित मुल्य पाउँनुपर्छ, बदलिदो समय अनुसारले सरकारले श्रमिकको पारिश्रमिक निर्धारण गर्नुपर्छ तर सरकार श्रमिकबाट भागेर मालिकहरुको सेवामा लागेको छ ।’

वर्तमान सरकार श्रमिकको सरकार नभई मालिक, बिचौलियाको सरकार भएको टिप्पणी उनले गरे । बिचौलियाहरुले मध्यरातमा बनाईदिएको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार श्रमिकको नभई बिचौलियाकै सेवामा लागेकाले मुलुक असफलता तिर गईरहेको उनले बताए ।

सरकारले मुलुकमै रोजगार दिन नसकेपछि अहिले युवाहरुले रोजगारका लागि विदेशिने क्रम बढेको उनले बताए । नेपालमा स्वस्थ्य रहेको प्रमाणित भएपछि रोजगारका लागि विदेश गएको भए पनि तिनीहरुको कसरी मृत्यु हुन्छ त्यसबारेमा सरकारको कुनै चासो नभएको उनले बताए ।

आम निर्माण मजदुर संघका अध्यक्ष बिनोद चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा आजपाका वरिष्ठ उपाध्यक्ष एवं संविधानसभाका सदस्य तिलक थापामगर, महासचिव त्रिभुवन साह, उपमहासचिव सिवी साह, उपमहासचिव धनकुमारी, सचिव देवी पण्डित लगायतको बिशेष सहभागिता रहेको थियो ।

सम्पन्न सो भेलाबाट बिनोद चौधरीको अध्यक्षतामा १०१ सदस्यीय आम निर्माण मजदुर संघको केन्द्रीय कमिटी सर्वसम्मत घोषणा भएको छ । आजपा उपमहासचिव एवं आम ट्रेड युनियन फेडरेसनका इन्चार्ज धन कुमारीका अनुसार संघको उपाध्यक्षमा उपाध्यक्ष महम्मद आलम, आनन्द शर्मा, मोतिलाल चौधरी र सचिवमा चन्दु चौधरी रहेका छन् ।

यसैगरी सोही भेलाबाट आम गार्मेन्ट श्रमिक संघको केन्द्रिय कमिटी समेत गठन भएको छ । महेश चौधरीको अध्यक्षतामा ५१ सदस्यीय कमिटी गठन भएको छ । कमिटीको उपाध्यक्षमा शर्मिला लिम्बु, प्रकाश परियार, मनोज चौधरी, सचिवमा राजेन्द्र चौधरी लगायतका रहेका छन् । कार्यक्रम सञ्चालन आम ट्रेड युनियन फेडरेसन नेपालका महासचिव तेज नारायण थारुले गरेको थियो।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x