बिहिबार, फाल्गुन २९, २०८१
Thursday, March 13, 2025

एमालेसँग भएको सहमतिप्रति नेपाली कांग्रेस दृढ छ : सभापति देउवा

  • 15
  •  
  •  
  •  
  •  
  •  
  •  
    15
    Shares

काठमाडौं / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विगतमा स्थिर सरकार नहुँदा मुलुकमा राजनीतिक एवम् आर्थिक अवस्थामा नकारात्मक प्रभाव परेको औंल्याएका छन् । त्यही आवश्यकत्ताले अहिलेको सरकार गठन भएको उनको भनाई छ ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सभापति देउवाले एमालेसँग सरकार गठनको बेलामा भएको ७ बुँदे सहमतिप्रति नेपाली कांग्रेस दृढ रहेको प्रतिबद्धता जनाए । उनले एमालेसँग भएको ७ बुँदे सहमति कार्यान्वयन हुने विश्वास दिलाए ।

उनले अहिलेको सरकारले एकदमै राम्रो काम गरेको भन्दै आगामी दिनमा पनि सकारात्मक काम गर्दै जाने विश्वास लिएका छन् । उनले सरकारको मूल्यांकन गर्दा ६ महिनाको समय पर्याप्त नहुेपनि सम्झाए । उनले भने,‘सरकारले यो अवधिमा गरेका एकदमै राम्रा छन् । भविष्यमा असल परिणाम देखिने मैले अनुभूति गरेको छु ।’

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x