शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

रवि लामिछाने हिरासतमा सुतिरहेको फोटो सार्वजनिक गर्ने निकोलस भुसाल पक्राउ

  • 31
  •  
  •  
  •  
  •  
  •  
  •  
    31
    Shares

सोमबार ८ पुस २०८१

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने हिरासतमा सुतिरहेको तस्वीर सार्वजनिक गरेको आरोपमा डा.निकोलस भुसाल पक्राउ परेका छन् । प्रहरीले उनलाई आइतबार राति काठमाडौंको थलीबाट पक्राउ गरेको हो ।

उनले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा सुतिरहेका पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछानेको सामाजिक सञ्जालमार्फ तस्वीर सार्वजनिक गरेका थिए।

उक्त तस्वीर आफूले थुनुवा कक्षमा रहेको सीसीटीभीबाट खिचेको भुसालले स्वीकारेपछि यस प्रकरणलाई लिएर प्रहरीले छानबिन गर्न निणन्त्रणमा लिएको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो । भुसाललाई अनुसन्धानका लागि सोमबार पोखरा पठाउने प्रहरीको तयारी छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x