नगरपालिकाको पहिलो बालमैत्री वडा घोषणा गराइ विद्यार्थीहरूमा अतिरिक्त क्रियाकलापमा जोड दिने वडाध्यक्ष रामप्रसाद गौतम

एन्टिना घनश्याम,
बिहीबार २९ कार्तिक २०८१
सिन्धुपाल्चोक / नेपालको शैक्षिक प्रणालीमा डिजिटल माध्यमको शुरूवात भर्खर भर्खरै मात्र हो। अधिकांस विद्यार्थीहरूको पठनपाठन पुरानै पद्धतिबाट भए तापनि पनि राजधानी बाहिरका केही विद्यालयहरूले शैक्षिक सिकाइ प्रणालीमा नबिनतम प्रयोगलाई प्राथमिकता दिन शुरु गरेका छन। राजधानी नजिकको जिल्ला सिन्धुपाल्चोकको चौतारा साङाचोकगडी नगरपालिकाका केही विद्यालयहरूले समेत डिजिटल माध्यमबाट पठनपाठन गराइ,पढाईको अलवा विद्यार्थीहरूलाई अतिरिक्त क्रियाकलापतर्फ बिशेष सहभागिता गराइरहेको पाइएको छ। किताबी घोकन्ते शिक्षालाई मात्र प्राथमिकता नदिइ विद्यार्थीहरूलाई खेलकुद ,संगीत,चित्रलेखा,बक्तित्वकला,गायन,नृत्य ,अभिनयमा समेत अग्रसर गराउनु आजको समयको आबश्यक्ता हो भनि १३ नम्बर वडाका अध्यक्ष राम प्रसाद गौतमले प्रष्ट पारे। उनी भन्छन,किताबी पढाईले मात्र विद्यार्थीहरूमा सिमित ज्ञान हुनेहुदा आफ्ना वडाका विद्यालयका विद्यार्थीहरूलाई हरेक शिक्षामा क्षमता अभिवृद्धि गराउन वडाले समेत प्रोत्साहन गरिरहेको र विद्यार्थीहरूले समेत अग्रसरता देखाइरहेको छन। गौतम भन्छन,अबको शैक्षिक सिकाइ व्यबहार उपयोगी हुन जरुरी छ।
भौतिक पुर्बाधार बिकासमा समेत अब्बल रहेको वडा नम्बर १३ भित्र नगरपालिका भित्रकै उत्कृष्ट विद्यालय (पास मार्कको आधारमा)सेतिदेबी मा. बि ,कुन्डला मा. बि सहित ३ वटा प्रा. बि,३ वटा बालबिकासमा गरि करिब ८०० विद्यार्थीहरूले पठनपाठन गरिरहेका छन। बङलादेशमा भएको विद्यालय स्तर कराते प्रतियोगितामा स्वर्ण पदक हासिल गरेको सेतिदेबी मा. बि पनि यहि वडामा रहेको छ। नगरपालिका कै पहिलो बालमैत्री वडा २ बर्ष अगाडीनै घोषणा भएको यो वडा जिल्लाकै नमुना वडा भित्र परेको जानकारहरु बताउँछन् ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE