सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

विद्यार्थीहरूलाई हरेक शिक्षा क्षमता अभिवृद्धि गराउन वडा अध्यक्ष श्रेष्ठको प्रोत्साहन

  • 35
  •  
  •  
  •  
  •  
  •  
  •  
    35
    Shares

 

एन्टिना घनश्याम,

बिहिबार २९ कार्तिक २०८१

र्सिन्धुपाल्चोक / नेपालको शैक्षिक प्रणालीमा डिजिटल माध्यमको शुरूवात भर्खरै मात्र हो। अधिकांस विद्यार्थीहरुको पठनपाठन पुरानै धारबाट पढाउने गरेता पनि राजधानी बाहिरका केही विद्यालयहरूले शैक्षिक सिकाइ प्रणालीमा नबिनतम प्रयोगलाई प्राथमिकता दिन शुरु गरेका छन। राजधानी नजिकको जिल्ला सिन्धुपाल्चोकको चौतारा साङाचोकगडी नगरपालिकाका केही विद्यालयहरूमा समेत डिजिटल माध्यमबाट पठनपाठन गराइ,पढाईको अलवा विद्यार्थीहरूलाई अतिरिक्त क्रियाकलापतर्फ बिशेष सहभागिता गराइरहेको पाइएका छन।

किताबी घोकन्ते शिक्षालाई मात्र प्राथमिकता नदिइ विद्यार्थीहरूलाई खेलकुद ,संगीत,चित्रलेखा,बक्तित्वकला,गाएन,नृत्य ,अभिनयमा समेत अग्रसर गराउनु आजको समयको आबश्यक्ता हो भने  वडा न.पाँचका अध्यक्ष शिव श्रेष्ठले प्रष्ट पारे। उनी भन्छन,किताबी पढाईले मात्र विद्यार्थीहरूमा सिमित ज्ञान हुनेहुदा आफ्ना वडाका विद्यार्थीहरूलाई हरेक शिक्षा क्षमता अभिवृद्धि गराउन वार्डले समेत प्रोत्साहन गरिरहेको र विद्यालयहरूले समेत अग्रसरता देखाइरहेको छन। श्रेष्ठ भन्छन,अबको शैक्षिक सिकाइ व्यबहार उपयोगी हुन जरुरी छ। वडा नम्बर ५ भित्र जिल्लाकै ठूलो स्कुल कृष्णरत्न मा.बि सहित ४ ओटा मा. बि ,३ वटा प्रा. बि र एउटा क्याम्पसमा गरि करिब ३५०० विद्यार्थीहरूले पठनपाठन गरिरहेका छन।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x