शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

त्रिदेशीय टी–२० – नेपालले आज हङकङसँग खेल्दै

  • 11
  •  
  •  
  •  
  •  
  •  
  •  
    11
    Shares

काठमाडौं / नेपाल, हङकङ र पपुवा न्युगिनीबीच आजबाट सुरु हुने त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले आफ्नो पहिलो खेल आज खेल्दैछ ।

आज नेपालले आयोजक हङकङ विरुद्ध आफ्नो पहिलो खेल खेल्दै प्रतियोगीताको सुरुवात गर्दैछ । यो खेल मोङकोकस्थित मिसन रोडमा नेपाली समय अनुसार विहान सबा ११ बजे सुरु हुनेछ ।

हेड टु हेडका आधारमा पछिल्लो पाँच भेटमा नेपालले तीन खेल जित्दा हङहङले २ खेल जितेको छ । नेपालले दोस्रो खेलमा पर्सि पवुवा न्युगिनीसँग खेल्नेछ । फागुन ३० गते त्रिकोणात्मक शृङ्खलाको फाइनल खेल हुने छ । यसअघि हिजो भएको मैत्रीपूर्ण टी-२० क्रिकेट प्रतियोगितामा नेपाल हङकङसग ७३ रनले पराजित भएको छ ।

टस जितेर पहिले बलिङ गरेको नेपाललाई हङकङले २ सय १३ रनको लक्ष्य दिएको थियो । नेपाली टोली भने १ सय ३९ रन मात्र बनाउन सक्यो । आगामी जेठमा हुने टि२० विश्वकपको लागी नेपालले तयारी स्वरुप हङकङ भ्रमण गरेको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x