शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

`पोखरा घोषणापत्र´ लाई आधार बनाएर मुक्तक लेख्नुपर्नेमा मुक्तककारहरूको जोड

  • 20
  •  
  •  
  •  
  •  
  •  
  •  
    20
    Shares

मुक्तककार कमला पौडेलद्वारा लिखित  “मुक्त आकाङ्क्षा” मुक्तकसंग्रहको लोकार्पण भएको छ । सामुदायिक प्रहरी सेवा केन्द्र गंगबुको सभा हलमा भएको एक विशेष समारोहका बीच पुस्तक बिमोचन भएको हो । वरिष्ठ साहित्यकार मोतीराज बमको प्रमुख आतिथ्यमा भएको कार्यक्रम साहित्यका विभिन्न बिधामा कलम चलाइरहेका सष्ट्राहरूको उपस्तिथि रहेको थियो । लेखिकाका काका रवि पौडेलको सभापतित्वमा भएको यस् कार्यक्रममा साहित्यकार तथा पत्रकार नारायण नेपाल , साहित्यकार बैरागी जेठा , साहित्यकार रसुवाली कवि , मुक्तक बिधामा स्थापित मुक्तककारहरू सुनिल अधिकारी , एचके धिताल , राजेन्द्र घिमिरे तथा साहित्यकारहरू श्यामराज पाठक , छविरमण सिलवाल , चेतनपथ माधव लगायतले संयुक्त रूपमा` मुक्त आकाङ्क्षा´ मुक्त संग्रहको लोकार्पण गरेका थिए । लोकार्पण कार्यक्रमको संचालन चर्चित हास्य कलाकार एन्टिना घनश्यामले गरेका थिए ।
कार्यक्रम धारण राख्दै मुक्तकका जानकार सुनिल अधिकारीले ` पोखरा घोषणापत्रलाई आधार बनाएर मुक्तक लेख्नुपर्ने आवस्यकतालाई औल्याउँए । साहित्यकार नारायण नेपालले साहित्यले गामबेसीको मर्मलाई लेख्नुपर्नेमा जोड दिए । मुक्तककार एचके धितालले चोटिलो मुक्तक लेख्न साधना र अभ्यास दुबै चाहिने कुरालाई औल्याउँदै मुक्तककार कमला पौडेललाई शुभकामना दिए । आख्यानकार समेत रहेका चेतनपथ माधवले बिश्वका कुनै महान साहित्यकार त्रुटिरहित सिर्जना गर्न नसक्ने हुनाले कमलाले सिक्दै अगाडि बड्न सक्ने बताए ।
मुक्तककार राजेन्द्र घिमिरेले मुक्तकमा जति नै भेलबाढी आएपनी उत्कृष्ट मुक्तक र मुक्तककारको सधैं महत्त्व हुने कुरामा जोड दिए । साहित्यकार श्यामराज पाठकले आफ्नो धारणा सहित लेखिकालाई शुभकामना दिएका थिए । कार्यक्रममा दर्जनभन्दा धेरै साहित्यकार धारणा राखेका थिए । सामुदायिक प्रहरी सेवा गंगबुका अध्यक्ष केदारनाथ पाठक साहित्यकारहरू सधैं समाज अग्रणी हुन भन्दै लेखिकालाई शुभकामना दिए । नेपाल प्रहरीका पुर्व डियस्पी गोविन्द पाठकले सुन्दर समाज निर्माणमा साहित्यले महत्त्वपूर्ण भुमिका खेल्ने भन्दै पुस्तक प्रकाशन गरेकोमा लेखिकालाई बधाई र शुभकामना दिएका थिए ।
प्रमुख अतिथि बमले साहित्यले राजनीतिको खराब पक्षमा हटाउन मद्दत गर्ने कुरामा जोड दिदै जोडदार मन्तव्य राखेका थिए ।
कार्यक्रमको अन्तिममा आफ्नो धारणा राख्दै लेखिका कमला पौडेल भनिन – `मेरो सानैदेखि रहर आज पुरा भएको छ । यो अबसरमा मलाई धेरै खुशी लागेको छ ।´उनले यो क्षेत्रमा आफूलाई अगाडि बढाउन सहयोग गर्ने व्यक्तिहरूलाई उनले धन्यवाद समेत दिएकी थिइन् ।
कार्यक्रमको व्यबस्थापनमा चर्चित मुक्तककार जिज्ञासु पौडेल तिलकले महत्त्वपूर्ण भुमिका खेलेका थिए । यस्तै लेखिकाको साथी रिमा थापा र दिदी शारदा पौडेलले कार्यक्रमको व्यवस्थापनमा महत्त्वपूर्ण भुमिका निर्वाह गरेका थिए ।
अन्तिम सभापति रवि पौडेलले सभा बिर्सजन गरेपछि कार्यक्रम सकिएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x