आज नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुने
काठमाडाैं / टी–२० त्रिदेशीय क्रिकेट शृङ्खलाको दोस्रो खेलमा आज नेपाल र नेदरल्यान्ड्स खेल्दैछन् । खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा बिहान साढे ११ बजेदेखि शुरु हुनेछ । यसअघि मंगलबार भएको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो ।
यसअघि लिग–२ अन्तर्गत दुबै खेलमा नेपाल नामिबियासँग हारेको थियो । हिजोको खेलमा नामिबियाले दिएको २ सय ७ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १८ ओभर ५ बलमा अलआउट हुँदै १ सय ८६ रन मात्र बनाउन सक्यो ।
टस जितेर पहिले ब्याटिङ रोजेको नामिबियाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय ६ रन जोडेको थियो । यस्तै लिग-२ मा नेपाल र नेदरल्याण्डस्बीच भएकाे खेलमा दुवै टाेलीले एक/एक खेल जितेका थिए ।
WRITE COMMENTS FOR THIS ARTICLE