शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

कांग्रेसले अन्योलकै बीचमा पार्टी महासमिति बैठकको तयारी

मङ्गलबार १ फागुन २०८०

काठमाडौँ / नेपाली कांग्रेसले अन्योलकै बीचमा पार्टी महासमिति बैठकको तयारी थालेको छ। पार्टी विधानअनुसार महाधिवेशन हुनेबाहेक हरेक वर्ष महासमिति बैठक गर्नुपर्ने हुन्छ। तर १४औं महाधिवेशनपछि अहिलेसम्म एकपटक पनि महासमिति बैठक भएको छैन। यसअघि तीनपटक स्थगित महासमिति बैठक फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा गर्ने निर्णय कांग्रेसले गरेको छ।

महासमिति सुरु हुन एक साता मात्र बाँकी रहँदा कांग्रेसले बल्ल त्यसका लागि विभिन्न समिति गठन गरेको छ। महासमितिमा पेस गर्ने राजनीतिकसहितका प्रतिवेदनमा निर्णय लिन भन्दै कांग्रेसले फागुन २ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ। तर महासमिति बैठकमा छलफल हुने वर्तमान सरकार, सत्ता गठबन्धनका विषयमा कांग्रेसभित्र एकमत छैन।

हिन्दु राज्य स्थापनासहितका माग लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आन्दोलनमा जाने तयारी गरिरहेको छ। सोही बेला हुन लागेको कांग्रेस महासमितिका बहुमत सदस्यहरू पनि हिन्दु राज्य स्थापनाको पक्षमा उभिने तयारीमा नेताहरू सक्रिय छन्।

तत्कालीन पार्टी सभापति सुशील कोइराला नेतृत्वमा जारी भएको वर्तमान संविधानको संशोधन कांग्रेसले चाहेर मात्र सम्भव छैन।

सत्ता साझेदार माओवादी केन्द्रसहितका अन्य दल र विपक्षी एमाले अहिले नै हिन्दुराज्य स्थापनको पक्षमा उभिइसकेका छैनन्। उनीहरू त्यसका लागि तयार नभएसम्म कांग्रेस महासमिति बैठकले प्रस्ताव पारित गरे पनि निर्णयमा पुग्नेछैन।

कांग्रेसभित्रै पनि सो विषयमा एकमत नहुँदा कांग्रेस महासमिति बैठक अन्तिम समयमा स्थगित हुन सक्ने आशंका पनि नेताहरूले गर्दै आएका छन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकार/गठबन्धनका विषयमा पनि पार्टी महामन्त्रीसहित इतर पक्ष र संस्थापन पक्षको अलग मत रहँदै आएको छ। इतर पक्ष अहिलेको गठबन्धनको विपक्षमा छ भने संस्थापन पक्ष यसकै निरन्तरता दिन चाहन्छ।

(नागरिकबाट)

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x