शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

पानीबिना माछा बाच्छ रे – शिशिर बुढाथोकी

शुक्रबार १२ माघ २०८०
  • 24
  •  
  •  
  •  
  •  
  •  
  •  
    24
    Shares

गजल

पानीबिना पनि माछो बाँच्छ रे अचेल , दुनियाँ उल्टो भो
धर्म हैन मान्छे अधर्म बाडछ रे अचेल, दुनियाँ उल्टो भो

सृष्टिमा प्रलय नआउने हैन आउँछ पक्कै एकदिन
धर्मको हेक्का नराखी नाँच्छ रे अचेल ,दुनियाँ उल्टो भो

जो ज्ञानी छ तपस्वी छ जो भक्त्तिमा रमाउँछ निरन्तर
उसैलाई पो पाप लाग्छ रे अचेल ,दुनियाँ उल्टो भो

पापको घैलो भरिन्छ जब पोखिदैन कसै गरे नि
अज्ञानी मनुष्य पापै साँच्छ रे अचेल, दुनियाँ उल्टो भो

नर्क जो भरियो स्वर्ग त्यो खाली खाली भो
स्वर्ग देखि इन्द्र पनि हाँस्छ रे अचेल , दुनियाँ उल्टो भो

WRITE COMMENTS FOR THIS ARTICLE

5 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x