शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

निर्मल राज पौडेलले अब सबैलाइ छम्म नचाउने भए ( भिडियो सहित)

  • 23
  •  
  •  
  •  
  •  
  •  
  •  
    23
    Shares

मंगलबार ९ माघ २०८०

काठमाडौँ । विज्ञापन व्यवसायी, गायक तथा गीतकार निर्मल राज पौडेलको गीत ‘छम्म नाचौँ, छप्प नाचौँ’ सार्वजनिक भएको छ । सोमबार काठमाडौँमा एक कार्यक्रमका बिच गीत भिडियोसहित सार्वजनिक गरिएको हो ।

करिब एक दर्जन कलाकारको अभिनय रहेको भिडियो कलाकारले एकसाथ ताली बजाएर सार्वजनिक गरे । गीतमा निर्मलकै शब्द तथा मोहित मुनालको संगीत छ

भिडियोमा गायक निर्मलसँगै सरोज खनाल, विजय लामा, रमेश उप्रेती, किरण केसी, राजाराम पौडेल, निर्मल शर्मा, धिरेन शाक्य, रवीन्द्र खड्का, गजित बिस्ट, गम्भीर बिस्ट, सुनिल कटवाल, खुश्बु खड्का, गोपाल ढकाल छन्दे, रोहित कार्कीलगायतका कलाकारको अभिनय छ । भिडियोमा मनीष पौडेलको निर्देशन, गम्भीर विष्टको कोरियोग्राफी, महेश पौडेलको छायाङ्कन छ

वेलकम एडभर्टाइजिङका संस्थापकसमेत रहेका निर्मलले १५ वर्षपछि गीत ल्याएका हुन् । १३ वर्षको उमेरदेखि नै स्कुलमा हुने नृत्य, कमेडी र गायक गतिविधिमा सक्रिय हुँदै आएका निर्मलले फिल्म ‘कमस’, ‘प्रिती’, ‘पुकार’ र ‘आमाको माया’मा अभिनय गरेका छन् ।

अन्य गायक गायिकाले गाएका गीतको शैलीभन्दा अलिक पृथक् शैलीको गीत गाउने इच्छाले ‘छम्म नाचौँ छप्प नाचौँ’ जन्मिएको गायक पौडेलले बताए ।

भिडियो ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x