शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

कम्युनिष्ट वर्गीय चिन्तन एकै भएकाले एकताका लागि साझा आधार तय गराैँ : अध्यक्ष नेपाल

  • 26
  •  
  •  
  •  
  •  
  •  
  •  
    26
    Shares

बिहीबार ४माघ २०८०

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले लैङ्गिक तथा वर्गीय विभेदको अन्त्य गरेर सामाजिक न्याय, समानता कायम गर्ने पार्टीको वैचारिक दृष्टिकोण रहेको बताउनुभएको छ ।

पार्टी केन्द्रीय स्कुल विभागद्वारा आज आयोजित प्रशिक्षण कार्यक्रममा अध्यक्ष नेपालले समान अधिकारका माध्यमबाट सामाजिक न्याय, समानता तथा समृद्धि कायम गर्न समाजवाद कार्यान्वयनमा जोड दिनुभयो । उहाँले समाजमा विद्यमान शोषण पुँजीवादले अन्त्य गर्न नसक्ने भएकाले वर्तमान व्यवस्थाको विकल्प वैज्ञानिक समाजवाद भएको विचार व्यक्त गर्नुभयो ।

समाजवादमा एकले अर्कालाई शोषण, विभेद नगर्ने विशेषता रहेको बताउँदै उहाँले समाजवादका माध्यमबाट मुलुकमा समृद्धि कायम गर्ने र जनतालाई सुखी बनाउने कार्ययोजना पार्टीले तर्जुमा गरेको उल्लेख गर्नुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले पार्टीका नीति, सिद्धान्तमा शिक्षा, स्वास्थ्य र रोजगारलगायत विषयलाई सर्वसाधारण नागरिकको सर्वसुलभ पहुँचमा पुर्याउने दृष्टिकोण रहेको प्रष्ट पार्नुभयो ।

जनतालाई गरिबीबाट मुक्त बनाउन कृषि क्षेत्रलाई औद्योगीकरण गर्न लगानी बढाउनुपर्ने उहाँको भनाइ थियो । अध्यक्ष नेपालले प्रविधिको प्रयोगबाट कृषि क्षेत्रमा आधुनिकीकरण गरी उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।

जनताले आर्थिक–सामाजिक अधिकार प्राप्त गर्न नसकेको बताउँदै उहाँले मुलुकमा आर्थिक रुपान्तरण उद्यमशीलताको विकास गरी आत्मनिर्भर अर्थतन्त्रका विकास गर्नुपर्ने बताउनुभयो । अध्यक्ष नेपालले समाजमा रहेको सम्पूर्ण विभेद तथा गलत कार्यको अन्त्य गरी मुलुकमा बढिरहेको भ्रष्टाचार, विदेशमा पलायन भइरहेका युवालाई रोक्ने विषयलाई प्राथमिकतामा राखेर कृषि नीति तर्जुमा गर्न सरकारलाई आग्रह गर्नुभयो ।

उहाँले मुलुकलाई समृद्धितर्फ अगाडि बढाउन प्रगतिशील विचारधारा तथा चिन्तनको खाँचो औँल्याउनुभयो ।

अध्यक्ष नेपालले विभिन्न रुपमा छरिएका कम्युनिष्ट वर्गीय चिन्तन एकै भएकाले मतभेद कम गरी एकताका लागि साझा आधार खोज्नुपर्नेमा जोड दिनुभयो ।जनता समाचारबाट

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x