शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

पुलिसलाई हराउँदै धनकुटाको राजारानी क्लब क्वार्टरफाइनलमा 

  • 20
  •  
  •  
  •  
  •  
  •  
  •  
    20
    Shares

शुक्रबार १९ माघ २०८०

हेटौंडा / नेपाल पुलिस क्लबलाई २–० गोलले हराउँदै धनकुटाको राजारानी फुटबल क्लब क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
हेटौँडामा जारी छैटौँ स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकपको  पहिलो हाफमा राजारानीलाई रोकेको पुलिस क्लब दुवै गोल दोस्रो हाफमा सम्भव बनाएको हो ।
राजारानीको जितमा विदेशी खेलाडी अजायी मार्टिन्स र सुशील लामाले गोल गरे ।

खेलको ५३औँ मिनेटमा मार्टिन्सले हेडर गोल गर्दै राजारानीलाई अग्रता दिलाएका थिए । ११ मिनेटपछि सुशीलले अग्रता दोब्बर पारे । खेलको म्यान अफ द म्याच घोषित मार्टिन्सले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे ।

पुलिसका प्रशिक्षक चेतन घिमिरेले नयाँ युवा खेलाडीलाई समेटेर टिम बनाउँदा खेलाडीबीच तालमेलको अभाव भएकाले पराजय व्यहोर्नुपरेको बताए । राजारानीका प्रशिक्षक सविन अधिकारीले पुलिससँगको जितले टिम निकै उत्साही भएको प्रतिक्रिया दिए ।
१२ टोलीको सहभागिता रहेको प्रतियोगिता २७ माघसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले दश लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।
सर्वोत्कृष्ट खेलाडीलाई बुलेट मोटरसाइकल र विधागत उत्कृष्ट खेलाडीलाई जनही नगद २५ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने आयोजक मकवानपुर जिल्ला फुटबल संघले जनाएको छ । शनिबार न्युरोड टिम एनआरटी र चर्च ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x