शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

आम जनता पार्टी निकट आम सम्पर्क मञ्चले गरे भन्सार कार्यालय घेराउ

  • 1.8K
  •  
  •  
  •  
  •  
  •  
  •  
    1.8K
    Shares

 

मंगलबार ३ पुस २०८०

काठमाडौ / आम जनता पार्टी निकट आम सम्पर्क मञ्चले भन्सारमा हुने गरेको लुट एवं भ्रष्टाचारको विरुद्ध आज दिन तेश्रो पनि भन्सार बिभाग घेराऊ गरेको छ । भन्सार नियमावलीमा रहेको ४५% कथित पुरस्कारको लुटकारी व्यवस्था खारेजी लगायतका निम्नलिखित मागहरु राखि गत मिति २०८० भाद्र ३१ गतेबाट शुरू गरिएको आन्दोलनको अहिले दोश्रो चरण अंतर्रगत पुनः भन्सार बिभागलाई घेराऊ भएको हो ।   निम्नलिखित  मागहरु यस प्रकार रहेका छन ।

१)भन्सार नियमावलीमा रहेको परिच्छेद-१० को पुरस्कार सम्बन्धी सम्पूर्ण प्रावधान हटाउने ।

२)कर कानुन, राजस्व कानुन र भन्सार कानुनमा एकरूपता ल्याउन भन्सार नियमावलीबाट व्यक्ति,सवारीसाधन एवं सम्पति जफत गर्ने प्रावधान हटाउने ।

३)⁠भन्सारबाट उठेको रकमबाट २५ % रकम सम्बन्धित प्रदेशलाई र २०% रकम सम्बन्धित पालिकालाई दिने ब्यवस्था गर्ने ।

४)घरायसी प्रयोजनको लागि ल्याईने बस्तुमा भन्सार कर न लागने ब्यवस्था गर्ने ।
भन्सार बिभागमा धर्ना कार्यक्रममा बोल्दै सो पार्टीका उपाध्यक्ष तिलक थापा मगरले भन्सारको नाममा ४५% कमिसन दिने ब्यबस्था तत्काल रोक्न आग्रह गरे। उनले  माग पूरा नभएसम्म धर्ना नरोकिने समेत जनाए।धर्ना कार्यक्रममा सयौको सङ्ख्यामा आम जनता पार्टीका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x