प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा आज चार समूहबीच प्रतिस्पर्धा हुने
आज कर्णाली र लुम्बिनीबीचको खेल भैरहवास्थित सिद्धार्थनगर क्रिकेट मैदानमा बिहान ९ बजे शुरु हुने कार्यतालिका छ । कर्णाली प्रदेशले अहिलेसम्म २ खेलमा एक खेल जितेको छ भने एक खेलमा हार ब्यहाेरेकाे छ ।
त्यसैगरी, लुम्बिनी प्रदेशले पनि एक खेलमा जीत हासिल गरेको छ भने एक खेलमा हार ब्यहाेरेकाे छ । यस्तै, आजै बागमती प्रदेश र त्रिभुवन आर्मी क्लब बीचको खेल मूलपानी क्रिकेट मैदानमा बिहान सवा ९ बजे शुरु हुनेछ । बागमतीले अहिलेसम्म खेलेका ३ खेलमा एकमा जीत र २ खेलमा हार ब्यहाेरेकाे छ ।
त्रिभुवन आर्मी क्लबले भने एक खेलमा जीत हासिल गरेको छ ।
WRITE COMMENTS FOR THIS ARTICLE