शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

सुरुङ्गा -८ मा माघीको रौनक

  • 243
  •  
  •  
  •  
  •  
  •  
  •  
    243
    Shares

 

आइतबार २९ पुस २०८०

सप्तरी / आज मुसहरनिया दहबाट कलश भरेर गाउँ परिक्रमा गरेको छ । माघे संक्रान्ति (तिला सँक्राइत) मेला सुरुङ्गा नगरपालिका ८ मा कुसहा बजार देखि दक्षिण ३.५ कि.मि. समसेरपुर अवस्थित माँ मुसहरनिया दहमा हरेक बर्ष धुमधामका साथ मनाउँदै आइरहेको छ। यहाँ हरेक वर्ष हजारौंको संख्यामा श्रधालु भक्तजनको उपस्थिति र हरेक दु:खको निवारण हुन्छ भनी पौराणिक बिश्वास रहेका छन ।

तराईका भूमिपूत्र थारु समुदायमा माघी पर्वको रौनक सुरु भएको छ । माघी पर्वलाई नयाँ वर्षको रुपमा सो समुदायमा आजबाट सुरु भएपछि थारु बस्ती माघीमय बनेको हो । माघको पहिलो दिन थारु संवतको अन्तिम दिन हुने गरेकाले यस दिन वर्षभरिको दुःखपीडा बिर्सेर रमाउने परम्परा रहेका छन ।

माघ १ गते थारु समुदायको नयाँ वर्ष हो । भोलिदेखि थारु संवत् २६४७ सुरु हुँदैछ । आफ्नो नयाँ वर्षको दिन यो समुदायका मानिस बिहानै नदी, तलाउ, खोलामा नुहाएर आफूभन्दा ठुलालाई ढोगसलाम गर्ने र सानालाई आशीर्वाद दिने गर्दछन् । यसदिन रिसराग, आपसी वैमनस्य, झैझगडा सबै बिर्सेर एक आपसमा आत्मीयता दर्शाउनुका साथै शुभकामना आदानप्रदान गर्ने चलन छ । यसैगरी, मासु, ढिक्री तिलको लडु (तिलुवा) भुजाको लडु (लाई)लगायतका परिकार खाने र आफन्तलाई खुवाउने गरिन्छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x