शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

बेरोजगारी झन् बढ्ने आईएलओको अनुमान

  • 33
  •  
  •  
  •  
  •  
  •  
  •  
    33
    Shares

काठमाडौँ / अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)ले श्रम बजारमा बेरोजगारीको दर झन् बढ्दै जान सक्ने अनुमान गरेको छ । संगठनको सन् २०२४ को विश्व रोजगार र सामाजिक दृष्टिकोण प्रतिवेदनले यो वर्ष विगतभन्दा पनि धेरै मानिसहरू बेरोजगार बन्ने देखाएको हो ।

सामाजिक असमानता र स्थिर उत्पादकत्वको कारण अन्तर्राष्ट्रिय श्रम बजारमा बेरोजगारी बढ्दै गएको संगठनको भनाई छ । सन् २०२४ मा विश्व बजारमा २० लाख नयाँ श्रमिकहरू आउनेछन् । जसकारण बेरोजगारी दर विगतभन्दा पनि धेरै अर्थात् ५.२ प्रतिशतसम्म पुग्न सक्नेछ ।

सन् २०२३ मा यस्तो दर ५.१ प्रतिशत मात्रै थियो । आईएलओले कोरोनापछि आर्थिक अवस्था कमजोर भएपनि श्रम बजारमा आश्चर्यजनक रूपमा लचिलो भएको र बहुपक्षीय सङ्कटहरू देखा पर्दा सामाजिक न्याय नपाउने सम्भावनामा बढी नै खतरा हुँदै गएको जनाएको छ ।

सन् २०२४ मा २० धनी राष्ट्रहरूमा समेत खर्च योग्य आयमा गिरावट आउने आईएलओको दाबी छ । ‘उच्च र निम्न आय भएका देशबिच रोजगार पाउने अवस्थामा निकै अन्तर छ । २०२३ मा उच्च आय भएको देशमा रोजगारीको दर ८.२ प्रतिशत थियो भने निम्न आय भएको देशमा २०.५ प्रतिशत थियो,’ आईएलओले भनेको छ, ‘२०२३ मा उच्च आय भएको देशमा ४.५ प्रतिशत बेरोजगार दर थियो भने निम्न आय भएको देशमा बेरोजगार दर ५.७ प्रतिशत थियो ।’

यो वर्ष काम गर्ने गरिब श्रमिकहरू बढ्ने आईएलओको दाबी छ । सन् २०२३ मा दैनिक २.१५ डलर भन्दा कम कमाउने कामदारको सङ्ख्या बढेर १० लाख पुगेको थियो भने प्रतिदिन ३.६५ डलर भन्दा कम कमाउने श्रमिकहरूको सङ्ख्या ८४ लाख पुगेको थियो ।सजिलोपोष्टबाट

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x