शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

पोखरीया नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तव आए पछि नगरको विकासमा तिब्रता

  • 15
  •  
  •  
  •  
  •  
  •  
  •  
    15
    Shares

 

पवन प्रसाद साह
वीरगञ्ज।पोखरीया नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा अजय कुमार श्रीवास्तव आएपछि अहिले नगरको विकासमा तिब्रता आएको छ । तीन महिना पहिला निमित्त प्रसाशकिय अधिकृतको रुपमा पोखरीया नगरपालिकामा उनी हाजिर भएका थिए । उनी हाजिर भए देखि अहिले सो नगरपालिकाले सञ्चालन गर्दै आएका सम्पुर्ण विकासका अयोजनाहरुको काममा प्रगति हुँदै आएको सरोकारवालाहरु ले बताएका छन ।

पोखरीया नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा बिगत का दिनहरुमा समाजिक सुरक्षा भत्ता,सुत्केरी भत्ता, , कर्मचारीको तलब का साथै बिकासका आयोजनाको रकम भुक्तानी नहुँदा श्रमिकहरू पारिश्रमिक पाउनबाट वञ्चित हुनुको साथै विकासका सम्पुर्ण गतिविधिहरू थप्प भएका थिए ।

स्थानियका अनुसार नगरपालिकामा प्रसाशकिय अधिकृतको रुपमा अजय कुमार श्रीवास्तव आए पछि नगरपालिकाले प्रभाह गर्ने सम्पुर्ण सेवाहरू नियमित रुपमा संचालन हुनुका साथै कर्मचारीहरु पनि समयमा नै आउने गरेका छन ।

स्वच्छ छवि तथा काममा अग्रसर रहि रहने प्रसाशकिय अधिकृत श्रीवास्तवले आफू यस नगरपालिकामा आएको ३ महिना मात्र भएको र आफू यस नगरपालिकाको बिकाश को लागि जनप्रतिनिधिहरु संग पार्दर्शिक रुपमा काम गर्दै आएको बताए । उनले यस नगरपालिकामा आएको केही दिन मात्र भएको तथा केही पत्रकारहरु ले पैसा को लागि मेरो चरीत्र हत्या गर्न खोजेको बताए ।

त्यस्तै उनले आफू प्रती लेखिएको गलत समाचार ले मेरो परिवार र समाज मा मेरो मान मर्दन प्रती ठेस लागेको बताए । कार्यालय समय पछि मेरो आफ्नो व्यक्तिगत जिवन सुरु हुने र मेरो व्यक्तिगत कुराहरु संग जोडिएर झुठो समाचार बनाएर बारगेनिङ गर्न खोज्ने यस्ता पत्रकार लाई आफू कानुनी उपचारमा जाने बताएका छन ।

बिगत केही दिन देखि उनका बिरुद्धमा बेबुनियाद समाचार आइ रहेछ । यस बिषय मा खोज तलास गर्दा उनले पोखरा मा बनाएका करोडौं को घर भनेर लेखिएता पनि त्यस्मा सत्यता नरहेको पाइएको छ । उनले सो घर २०६२ साल मा बनाएको बुझ्न आएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x