शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

धरानका मेयरले कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएर राखे किराँती राजा यलम्बरको तस्बिर

  • 29
  •  
  •  
  •  
  •  
  •  
  •  
    29
    Shares

शुक्रबार २०८० पौष १३

काठमाडौ / धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको हटाएर किराँती राजा यलम्बरको तस्बिर राखेका छन् । संघीय सरकारले धरानलाई उपेक्षा गरेको भन्दै उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्बिर हटाएका हुन् ।

राईले बुधबार फेसबुकमा स्टाटस लेख्दै धरानलाई सरकारले उपेक्षा गरेको बताएका थिए । उनले ‘भोलि म राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्दै छु । जुन दिन केन्द्रले धरानलाई महत्व दिन्छ, त्यो दिन पुनः उनीहरूको फोटो टाँस्नेछु’ भन्दै फेसबुकमा लेखेका थिए ।

बिहीबार आफ्नो कार्यकक्षमा किराँती राजा यलम्बरको फोटो राखेपछि उनी कार्यकक्षमा ताल्चा लगाएर बाहिरिएका थिए । उनले यसअघि पनि धरानलाई संघीय सरकारले महत्व नदिएको भन्दै स्वायत्तता प्रदान गर्न माग गर्दै सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए ।नयाँ पत्रिकाबाट

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x