शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

स्वर्ग मातृभूमि नेपाललको आगामी कार्यदिशा र रणनीतिबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • 67
  •  
  •  
  •  
  •  
  •  
  •  
    67
    Shares

 

शनिबार ७ पुस २०८०

काठमाडौ / स्वर्ग मातृभूमि नेपालले आगामी कार्यदिशा र रणनीतिबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीका सदस्यहरुलाई प्रशिक्षण तथा आगामी कार्यदिशा र रणनीतिबारे जानकारी गराउदै “नेपाली युवाको शान बेथिति बिसङ्गति बिरुद्व लड्ने अभियान” लिएर स्थापित उक्त गैर नाफामूलक कम्पनी स्थापनाले छोटो समयमा नै धेरै जनताको मन जित्न सफल भएका छन ।

कम्पनीका अध्यक्ष भरत लामाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बरिष्ठ उपाध्यक्ष याम जि.सी., उपाध्यक्षद्वय शिवहरि जर्गा मगर, मुना निरौला तथा सल्लाहकारहरु अर्थमान वाईवा, टहल सिंह थापा र समाजसेवी सि.वी. थापाले सम्बोधन गरेको थियो ।

बिदेश पलायन, कृषि क्रान्ति, मजदुर आवाज लगायतका मुद्दाहरुमा आवाज उठाउँदै आएको स्वर्ग मात्रिभूमि नेपालले बिभिन्न साँस्कृतिक, साङ्गितिक, तथा सडक नाटक मार्फत जनचेतना मूलक तथा सामाजिक कार्यहरुमा सक्रिय सहभागिता जनाउँदै आएको कम्पनीका सचिव तथा कार्यक्रम सञ्चालक माधव खकुरेलले जानकारी गराएका छन् ।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x