शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

जनताको घरघरमा सेवा दिदै रसुवाका एक वडा अध्यक्ष

  • 179
  •  
  •  
  •  
  •  
  •  
  •  
    179
    Shares

मंगलबार २६ मंसिर २०८०

रसुवा / रसुवा जिल्ला कालिका गाउँपालिका ३ का वडा अध्यक्ष फणीन्द्रप्रसाद न्यौपाने मृदुभाषी छ्न । सरल जीवनशैलीका फणीन्द्र लामो समयदेखी समुदायसँग जोडिएर काम गरेका युवा हुन । जीवनको उर्वर समय शिक्षण बिताएका न्यौपाने सार्वजनिक कानुनमा समेत जानकारी राख्छन् । प्रचलित नियम कानुनमा उनको अध्ययन रहेको छ ।
राष्ट्रिय परिचयपत्रको फर्म भर्ने कार्यमा अहिले कालिका ३ लागिपरेको छ । वडा अध्यक्ष फणीन्द्र न्यौपाने आफै नै घरदैलोमा पुगिरहेका छ्न । वडामा आउन नसक्ने बृद्ध बृद्धा अपांग र अशक्तहरूले घरमै गएर सेवा दिने काम भएको छ ।
स्थानीय निकाय भनेको जनताको प्रत्यक्ष सरोकार राख्ने स्थानीय सरकार पनि हो । स्थानीय जनतालाई सहज होस भनेर सरकारले स्थानीय निकायलाई शक्तिशाली बनाएको छ । तर स्थानीय निकायले जनताले चाहे अनुरुप काम नगरेको गुनासो समेत छ । त्यो गुनासो कालिका गाउँपालिका पनि छ ।कालिका ३ का वडा अध्यक्ष घर घरमा पुगिरहदा जनतालाई सहज भएको छ । वडा अध्यक्ष न्यौपाने भन्छन् – ` राज्यको प्रत्याभूति स्थानीय निकायले नै दिन सक्नुपर्छ । मेरो विवेकले भ्याएसम्म म जनताको गुनासोलाई सम्बोधन गरिरहनेछु ।´

कालिका ३ रसुवा जिल्लाको एक महत्त्वपूर्ण वडा हो । अधिकांश पहाडी इलाका रहेको यस वडामा राजनीतिक , सामाजिक र आर्थिक चेतना मध्यम स्तर रहेको छ । जनतालाई स्थानीय सरकारले जनचेतना पनि वृद्धि गर्नुपर्ने अबस्था रहेकोे छ । जस्तो कसैले व्यबसाय गर्नको लागि प्यान लिएका हुन्छ्न । लामो समय कारोबार नहुदा पनि तिर्नुपर्ने कर बढिरहेको हुन्छ । स्थानीय सरकारले दिने सेवा दायराको सन्दर्भमा पनि वडामा चेतना वृद्धि गर्नुपर्ने आवस्यकता छ ।यस्ता बिषयमा वडा चाडै घरदैलोमा पुगेर चेतना वृद्धि गर्ने न्यौपानेले जानकारी दिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x