शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

एसीसी महिला टी-२० प्रिमियर कप: नेपालले मलेशियालाई दियो ११६ रनको लक्ष्य

  • 17
  •  
  •  
  •  
  •  
  •  
  •  
    17
    Shares

 

शुक्रवार ४ फागुन २०८०
काठमाडौ / एसीसी महिला टी-२० प्रिमियर कपको सेमिफाइनलमा नेपालले मलेशियालाई ११६ रनको लक्ष्य दिएको छ।

मलेशियामा शुक्रबार टस जितेर ब्याटिङ रोजेको नेपालले पाँच विकेटको क्षतिमा ११५ रन बनाएको हो। नेपालका लागि इन्दु बर्माले २९, डोली भट्टले २५, कविता कुँवरले २३, रुविना क्षेत्रीले २०, सीता राना मगरले ६ र कविता जोशीले दुई रन बनाइन्।

मलेशियाका लागि महिरा इस्माइले दुई र विनफ्रिड दुरइसिंगमले एक विकेट लिइन्। अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्।

नेपाल कुवेतलाई पराजित गर्दै सेमिफाइलनमा पुगेको हो। त्यसअघि लिग चरणका पनि सबै खेल जितेको थियो।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x