शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

`दान्भी ´ मार्फत एक्सन लेडीको भुमिका देखिदै पूजा शर्मा

  • 273
  •  
  •  
  •  
  •  
  •  
  •  
    273
    Shares

शुक्रबार २२ मंसिर २०८०

काठमाडौ / स्टार कलाकार पूजा शर्मा र नव कलाकार कुन्साङ बोम्जनको मुख्य भूमिका रहेको फिल्म ‘दान्भी’को पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा पुजा एङ्गग्री वुमनको लूक्समा देखिएकी छिन । पूजाले हातमा मेसिन गन पनि बोकेकी छिन। आफ्नु अभिनय करियरमा पूजा पहिलो पटक एक्सन लेडीको रूपमा देखिँदै छिन। हालसम्म रिलिज डेट तय नभएको फिल्म फरक जनरा हुने निर्माण टिमले जानकारी दिएको छ । पोस्टर हेर्दा फिल्म एक्सन केन्द्रित हुने अनुमान गर्न सकिन्छ ।

रुपेश तामाङको निर्देशनमा तयार भएको यस फिल्ममा निर्माता देव मगर र अनुप गदाल रहेका छ्न । पवन राना मगर कार्यकारी निर्माता रहेको फिल्ममा कमला लिम्बु, पन्च बहादुर तामाङ, श्रवणकुमार श्रेष्ठ सह–निर्माता हुन् ।
यो फिल्ममा सन्जोग रानाको संवाद, हरि लामा ‘घले’को छायाङ्कन, बन्दे प्रसादको सम्पादन, अर्जुन पोखरेल, नागेश जोशी, केदार राज नेपालीको सङ्गीत, कविराज गहतराज र राहुल बराइलीको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन छ ।
नवराज शर्मा मुख्य सहायक निर्देशक रहेको फिल्मका प्रोडक्शन हेड नेत्र विष्ट हुन् ।

सत्यम रानाको भीएफक्स रहेको दान्भीमा धमकेदार एक्सन रहेको जानकारी प्राप्त भएको छ । एक्सनको हिसाबले यो फिल्म नेपाली सन्दर्भमा नितान्त नौलो रहेको निर्माण पक्षले जानकारी दियो । निर्देशक रुपेश तामाङ यो फिल्मले नेपाली सिनेमा जगतमा नबितम सन्देश दिने बताउछन् । एक्सनमा नितान्त फरकपना , कथामा समयसापेक्षता र निर्देशनसमेत थप मेहनत भएको निर्माण पक्षले बतायो ।
यो फिल्मको टिजर केही हप्तामा नै सार्वजनिक गर्ने तयारीमा निर्माण पक्ष जुटेको छ । फिल्मको प्रदर्शन मिति पनि टिजरसँगै सार्वजनिक हुनेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x