मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026

शिक्षा र स्वास्थ्य सेवामा लगाइएको कर हटाउने प्रधानमन्त्री वालेनको घोषणाको ‘कमन जेन-जेड नेपाल’ द्वारा स्वागत

Spread the love

 

काठमाडौं, ५ साउन ।चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत शिक्षा तथा स्वास्थ्य सेवामा लगाइएको ३ प्रतिशत कर नलिने भनी प्रधानमन्त्री वालेन्द्र शाह (वालेन) ले गरेको घोषणालाई ‘कमन जेन-जेड नेपाल’ ले स्वागत गरेको छ।

‘कमन जेन-जेड नेपाल’ का अध्यक्ष विकेश साहले आज एक प्रेस वक्तव्य जारी गर्दै प्रधानमन्त्रीको उक्त घोषणालाई सम्मानसहित स्वागत र धन्यवाद ज्ञापन गरेका छन् ।

शिक्षा र स्वास्थ्य नागरिकको मौलिक हक भएकाले यस्ता आधारभूत सेवामा कर लगाउनु सुरुदेखि नै अनुचित रहेको वक्तव्यमा उल्लेख छ। आम नागरिकको भावना र आवश्यकतालाई सम्बोधन गर्दै उक्त कर हटाउने निर्णय गरिनु सकारात्मक तथा प्रशंसनीय कार्य भएको कमन जेन-जेड नेपालले जनाएको छ।

यसैबीच, ‘कमन जेन-जेड नेपाल’ ले चालु आर्थिक वर्षको बजेटमार्फत राइड-सेयरिङ सेवा तथा विद्युत् महसुलमा थप गरिएको ५ प्रतिशत मूल्य अभिवृद्धि कर (VAT) प्रति भने आपत्ति जनाएको छ। यो व्यवस्थाले जनतामाथि अनावश्यक आर्थिक भार थपेकाले उक्त भ्याट तत्काल खारेज गर्न सरकारसँग जोडदार माग गरिएको अध्यक्ष साहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x