शुक्रबार, असार १२, २०८३
Friday, June 26, 2026

एमालेसँग तत्काल पार्टी एकता हुँदैन, सहकार्यलाई प्राथमिकता : प्रचण्ड

असार १२ शुक्रबार २०८३
विराटनगर। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले)सँग तत्काल पार्टी एकता नहुने स्पष्ट पार्दै संसद्, सडक आन्दोलन र आगामी प्रदेश तथा स्थानीय तहको निर्वाचनमा कार्यगत सहकार्यलाई अघि बढाइने बताएका छन्।
विराटनगरमा आयोजित पार्टीको एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले समाजवादी मोर्चामा आबद्ध दलहरूसँग एकता प्रक्रिया छिट्टै अगाडि बढ्ने र एमालेसँग पनि सहकार्य विस्तार गर्ने सहमति बन्न लागेको जानकारी दिए।
उनले तत्काल पार्टी एकताको विषयमा छलफल नभएको उल्लेख गर्दै साझा राजनीतिक एजेन्डामा सहकार्यमार्फत नयाँ उचाइ हासिल गर्न सकिने धारणा राखे।
प्रचण्डले एमालेसँग मात्र नभई अन्य वामपन्थी शक्तिहरू तथा जनता समाजवादी पार्टी (जसपा)सँग पनि संवाद भइरहेको बताए। उनले आगामी महाधिवेशनले पार्टीमा नयाँ राजनीतिक दिशा तय गर्ने संकेत गर्दै कार्यकर्तालाई आत्मविश्वासका साथ अघि बढ्न आग्रह गरे।
सामाजिक सञ्जालमा हुने आलोचना र टिप्पणीलाई आफूले स्वाभाविक रूपमा लिने गरेको उल्लेख गर्दै उनले परिवर्तनका लागि आवश्यक निर्णय लिन पार्टी सधैँ तयार रहेको बताए।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x