शुक्रबार, चैत्र २०, २०८२
Friday, April 3, 2026

पश्चिम एसिया द्वन्द्व: नेपालीको उद्धार गर्न आजदेखि विशेष उडान

  • 42
  •  
  •  
  •  
  •  
  •  
  •  
    42
    Shares

काठमाडौं, चैत २०, २०८२
पश्चिम एसियामा जारी द्वन्द्वका कारण समस्यामा परेका नेपाली नागरिकको उद्धारका लागि नेपाल सरकारले आजदेखि विशेष उडान सञ्चालन गर्ने भएको छ।
सरकारको निर्णयअनुसार नेपाल वायुसेवा निगमले तीन दिनसम्म विशेष उडान तालिका सार्वजनिक गरेको छ। जसअनुसार आज (अप्रिल ३) काठमाडौं–दुबई उडान हुने छ भने चैत २१ गते (अप्रिल ४) दुबई–काठमाडौं उडान हुनेछ। त्यस्तै, चैत २२ गते (अप्रिल ५) काठमाडौं–दमाम र सोही दिन दमाम–काठमाडौं उडान सञ्चालन गरिनेछ।
निगमका अनुसार चैत २० गते काठमाडौंबाट ‘आरए २२९’ नम्बरको विमान दुबईका लागि प्रस्थान गर्नेछ भने चैत २१ गते ‘आरए २३०’ नम्बरको विमान दुबईबाट काठमाडौं फर्कने तालिका छ। त्यस्तै, चैत २२ गते ‘आरए २४१’ नम्बरको विमान दमाम जाने र ‘आरए २४२’ नम्बरको विमान सोही दिन काठमाडौं फर्कने कार्यसूची रहेको छ।
उक्त उडानमार्फत यसअघि टिकट बुक गरिसकेका तथा स्वदेश फर्कन चाहने नेपाली नागरिकलाई प्राथमिकता दिइने जनाइएको  यात्रुहरूलाई समयमै सम्पर्क गरी आवश्यक प्रक्रिया पूरा गर्न आग्रह गरेको छ।
पश्चिम एसियामा विद्यमान तनाव र सुरक्षा अवस्थाका कारण गत फेब्रुअरी २८ देखि नियमित उडानहरू प्रभावित हुँदै आएका छन्। यसका कारण विभिन्न मुलुकमा रहेका नेपाली नागरिकहरू स्वदेश फर्कन कठिनाइ भोगिरहेका छन्।
परराष्ट्रमन्त्री शिशिर खनालको पहलमा गत चैत १७ गते परराष्ट्र मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण तथा नेपाल वायुसेवा निगमका उच्च अधिकारीहरूको संयुक्त बैठकले प्रभावित नेपाली नागरिकको उद्धार र आवागमन सहज बनाउन विशेष उडान सञ्चालन गर्ने निर्णय गरेको थियो।
सरकारले आवश्यकता अनुसार थप उडान सञ्चालन गर्ने तयारीसमेत गरेको

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x