खोटाङमा एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना, सबै यात्रु सकुशल

बुधबार ४ चैत २०८२
खोटाङ / एयर डाइनेष्टीको हेलिकोप्टर खोटाङमा दुर्घटनामा परेको छ।
जिल्लाको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छास्थित बालाबेसी क्षेत्रमा अवतरण गर्ने क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा परेको हो। काठमाडौंबाट शव बोकेर गाउँ पुगेको हेलिकोप्टर अवतरणका बेला असन्तुलित हुँदा दुर्घटना भएको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जानकारी दिएकी छन्।
कम्पनीका प्रतिनिधि बालकृष्ण पण्डितका अनुसार हेलिकोप्टरमा ५ जना यात्रु सवार थिए र उनीहरू सबै नेपाली नागरिक हुन्। दुर्घटनामा कुनै मानवीय क्षति नभएको पुष्टि गरिएको छ।
गाउँपालिका अध्यक्ष समिर राईका अनुसार बारीको डिलमा अवतरण गर्ने क्रममा हेलिकोप्टरलाई पुनः उठाएर बारीको बीच भागमा लैजान खोज्दा असन्तुलित भई दुर्घटना भएको हो।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE