निर्वाचन सुरक्षामा खटिएका प्रहरीको बिदाइ

काठमाडौँ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको सुरक्षामा खटिएका निर्वाचन प्रहरीको आज औपचारिक रूपमा बिदाइ गरिएको छ।
निर्वाचन सम्पन्न भएपछि आयोजित कार्यक्रममा सुरक्षामा खटिएका प्रहरीहरूलाई धन्यवाद ज्ञापन गर्दै प्रमाणपत्र प्रदान गरिएको थियो। साथै देशलाई आवश्यक परेको बेला पुनः सहयोग गर्ने प्रतिबद्धतासहित उनीहरूलाई सम्मानपूर्वक बिदाइ गरिएको हो।
यस वर्ष निर्वाचन सुरक्षाका लागि Nepal Police मातहत १ लाख ३३ हजार ९८० जना र Armed Police Force Nepal मातहत १५ हजार ११० जना गरी कुल १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी परिचालन गरिएको थियो।
उक्त प्रहरीहरू देशभरका मतदान केन्द्र तथा संवेदनशील क्षेत्रमा परिचालन भई निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउन महत्वपूर्ण भूमिका खेलेका थिए।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE