सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

विभिन्न पार्टीमा रहेका राम्रा मान्छेहरू एकीकृत हुनु आजको आवश्यकता हो : प्रभु साह

  • 10
  •  
  •  
  •  
  •  
  •  
  •  
    10
    Shares

रौतहट, २७ माघ।
आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विभिन्न राजनीतिक दलमा रहेका राम्रा मान्छेहरू एकजुट हुनु आजको प्रमुख आवश्यकता भएको बताएका छन्।
रौतहटको गुजरा नगरपालिका–८, जुगौलियामा आयोजित चुनावी छलफल तथा भेटघाट कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी आजपामा प्रवेश गर्ने दर्जनौं नेताकार्यकर्तालाई स्वागत गर्दै अध्यक्ष साहले हरेक पार्टीमा राम्रा र नराम्रा व्यक्ति हुने उल्लेख गरे। भ्रष्टाचार, लुटतन्त्र र दलाली प्रवृत्तिविरुद्ध कारबाही गर्नका लागि राम्रा मान्छेहरू एकीकृत हुन आवश्यक रहेको उनको भनाइ थियो।
रौतहट–३ का उम्मेदवार समेत रहेका अध्यक्ष साहले भने,
‘सबै पार्टीमा राम्रा र नराम्रा मान्छेहरू छन्। भ्रष्टाचारी, लुटेरा र दलाल प्रवृत्तिविरुद्ध उभिन, समाज परिवर्तन गर्न र विकासका काम अगाडि बढाउन राम्रा मान्छेहरू एक ठाउँमा आउनैपर्छ। हामी एकीकृत हुँदै भ्रष्ट, दलाल र लुटेरालाई बहिष्कार गर्नु नै आजको आवश्यकता हो।’
राम्रा मान्छेहरू एक ठाउँमा नआएसम्म समाज परिवर्तन सम्भव नहुने उल्लेख गर्दै उनले जिल्लाको विकास, समृद्धि तथा जनताको चाहनाअनुसार शिक्षा, स्वास्थ्य, यातायात, खानेपानीलगायतका क्षेत्रको विकासका लागि सबै दलमा रहेका असल व्यक्तिहरू आजपामा गोलबद्ध हुन आग्रह गरे।
अध्यक्ष साहले यो निर्वाचन असली र नक्कलीबीचको लडाइँ भएको बताउँदै भने,
‘यो निर्वाचन जेन–जी आन्दोलनका हत्यारा, हाइज्याकर र भ्रष्टाचारीविरुद्धको लडाइँ पनि हो। समाजविरोधी र मुलुकविरोधी तत्वलाई परास्त गर्न राम्रा मान्छेहरू एकीकृत हुनैपर्छ।’
जुगौलियामा आयोजित भेटघाट कार्यक्रममा विभिन्न पार्टी परित्याग गर्दै दर्जनौं व्यक्तिहरू आजपामा प्रवेश गरेको आजपा सचिवालय सदस्य तथा समानुपातिकतर्फका उम्मेदवार लालबाबु मन्सुरीले जानकारी दिए। प्रवेश गर्नेहरूमा ग्यानु सिंह, सुधिर सिंह, रामएकबाल साह, शेख नुरसैद, शेख जमिल अख्तरलगायत रहेका छन्। उनीहरूलाई आजपा अध्यक्ष प्रभु साहले पार्टीमा स्वागत गरेका हुन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x