मङ्लबार, माघ २१, २०८२
Tuesday, February 3, 2026

छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ उम्मेदवार हटाइए

  • 50
  •  
  •  
  •  
  •  
  •  
  •  
    50
    Shares

काठमाडौं, माघ २० — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीबाट ७६ जनाको नाम हटाइएको छ। निर्वाचन आयोगले राजनीतिक दलहरूले पेस गरेका बन्दसूचीमाथि छानबिनपछि उक्त निर्णय गरेको हो।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिअनुसार, समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा प्राप्त उजुरी, प्रचलित कानुनअनुसार उम्मेदवारको योग्यता–अयोग्यताको व्यवस्था, आयोगका विभिन्न मितिका निर्णय तथा राजनीतिक दलबाट प्राप्त विवरणका आधारमा उम्मेदवारहरूको नामावली रूजु गरिएको थियो।
छानबिनका क्रममा नेपाली कांग्रेसबाट १, नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट १ तथा नेपाल कम्युनिष्ट पार्टीबाट ३ जना समानुपातिक उम्मेदवारको नाम बन्दसूचीबाट हटाइएको छ।
प्रवक्ता भट्टराईका अनुसार कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका २१ जना, प्रदेशसभा सदस्य समानुपातिक बन्दसूचीमा नाम कायम रहेका २५ जना, निर्वाचन आयोगले तोकेको जरिवाना भुक्तान नगरेका १० जना, उमेर नपुगेका ४ जना, मतदाता नामावलीमा नाम समावेश नभएका १ जना तथा पिछडिएका क्षेत्रको मतदाता सूचीमा नरहेका २ जनाको नाम हटाइएको हो।
त्यसैगरी, महिला उम्मेदवार पेस गर्नुपर्ने स्थानमा पुरुष उम्मेदवार समावेश गरिएका कारण १ जनाको नाम खारेज गरिएको आयोगले जनाएको छ। साथै, सम्बन्धित राजनीतिक दलकै आग्रहमा १० जनाको नाम बन्दसूचीबाट हटाइएको छ।
उल्लेखित कारणहरूमध्ये एकभन्दा बढी कारण लागू भएका २ जना उम्मेदवार पनि बन्दसूचीबाट हटाइएको आयोगले स्पष्ट पारेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x