देशको तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु/कुहिरो लाग्ने

शनिबार ५ पुस २०८२
काठमाडौ / आज कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहने छ । देशको तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु/कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । महाशाखाका अनुसार आज राति कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE