शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

रौतहट एमाले र जसपा परित्याग गरि  आजपामा प्रवेश 

  • 95
  •  
  •  
  •  
  •  
  •  
  •  
    95
    Shares

 

रौतहट / नेकपा (एमाले) र जनता समाजवादी पार्टी नेपाल (जसपा) परित्याग गरि नेताहरू आम जनता पार्टी (आजपा) मा प्रवेश गरेका छन् ।

रौतहटको मौलापुरमा शनिबार  आयोजित एक कार्यक्रममा एमाले र जसपा परित्याग गरि नेताहरू आजपामा प्रवेश गरेका हुन ।

गुजारा नगरपालिका वार्ड नं ३ का निर्वाचित वड़ाध्यक्ष एंव एमाले नेता गजेन्द्र चौधरी, जसपाबाट सोही वडाको वड़ाध्यक्ष प्रत्यासी उमाशंकर तिवारी लगायतका नेताहरू आजपामा प्रवेश गरेको आजपा सचिवालय सदस्य लालबाबु मंसुरीले जनाएका छन् ।

पार्टी प्रवेश गरेका नेताहरुलाई आजपा अध्यक्ष एंव पूर्वमन्त्री प्रभु साहले टीका, माला, अबिर लगाई उनीहरुलाई पार्टीमा स्वागत गरेका छन् ।

`आज हाम्रो आम जनता पार्टीमा गोलबन्द हुनुभएकोमा सहर्ष हार्दिक बधाई, स्वागत तथा सफल राजनीति भविष्यको शुभकामना व्यक्त गर्दछु´, आजपा अध्यक्ष साहले भने ।

पछिल्लो समय विभिन्न पार्टी परित्याग गरि नेताहरु आजपामा प्रवेश गरिरहेका छन । मकवानपुर, कास्की, तनहुँ, धादिङ, रुपन्देही लगायतका जिल्लामा आयोजित कार्यक्रममा नेताहरू आजपामा प्रवेश गरेका थिए । मकवानपुरको हेटौंडामा एकदिन अघि नेकपा एकता राष्ट्रिय अभियानको सिंगो कमिटी नै आजपामा समाहित भएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x