शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

खेलकुद मन्त्रीमा डा. ओम कृष्ण प्रसाईंको नाम पनि चर्चामा

  • 64
  •  
  •  
  •  
  •  
  •  
  •  
    64
    Shares

 

मङ्गलबार ३१ भदौ २०८२

काठमाडौ / जेन्जिको आन्दोलन पछि बनेको आन्तरिम सरकारको बन्ने मन्त्री मण्डलमा खेलकुद मन्त्रीमा डा. ओम कृष्ण प्रसाईंको नाम पनि अहिले चर्चामा रहेको छ।

आखिरमा को हुन् त उनि?छोटकरिमा बुझौ:जिम्मेवारीको हिसाबले ओम अहिले नेपाल कराते महासङ्घको उपाध्यक्ष तथा गोजुरियो ओसिकाई संघका प्रमुख हुन् ।प्रसाईं नेपाल स्पोर्ट्स युनिभर्सिटी विकास समितिका संस्थापक बोर्डमा समेत छन्।
बेलायतस्थित गोजुरियो कराते ईन्टरनेशनलका कन्ट्री रिप्रेजेन्टेटिभ उनि नेपाल गोजुरियो कराते महासङ्घका महासचिव रहनुका साथै जापान कराते डो गोजुरियो ओसीकाइ नेपालका महासचिव तथा प्रमुख प्रशिक्षक पनि छन् । त्यस्तै,प्रसाईं ज्युकोसिन अन्तर्राष्ट्रिय बेलायतका राष्ट्रिय प्रतिनिधि हुन् भने नेपाल कुबुडो एन्ड मार्सल आर्ट एकेडेमीका सभापति रहेका छन् । उनी वर्ल्ड स्पोर्ट्स कराते महासङ्घका बोर्ड सदस्य हुन् ।

यसैगरी कीर्तिपुर स्थित सुलक्षण कीर्ति क्याम्पसका सहायक क्याम्पस प्रमुख तथा कैलासकुट बहुमुखी क्याम्पसका उप प्राध्यापक समेतको जिम्मेवारी बहन गरिसकेका उनले समाजशास्त्र र मानव शास्त्रका साथै राजनीति शास्त्रमा दोहोरो स्नातकोत्तर गरेका छन्।प्रसाईं थाइल्यान्डको प्रतिष्ठित विश्वविद्यालय बाट पूर्ण छात्रवृत्तिमा पिएचडी ( दर्शनाचार्य) गर्न सफल छन् ।’आवर सोसाइटी फर पिस’का उनी संरक्षक पनि हुन् । समीक्षा बचत तथा सहकारीका अध्यक्ष ओम कर्मवीर बहुउद्देश्यीय कम्पनी प्रालीका प्रमुख समेत रहेका प्रसाईं नेपाल गोल्ड एन्ड सिल्भर इन्टरप्रेनर फोरममा सल्लाहकार समेत हुन् ।

त्यसैगरी ,अनामनगर स्थित मिसन इन्टरटेनमेन्टका उनी सल्लाहकार हुन् । नेपाल कराते महासङ्घको स्कुल कराते इन्सट्रक्टर ट्रेनिङ कोर्स तयारी कमिटीका उनी विज्ञ सदस्य छन् । ओसिडेन्टल पब्लिक विद्यालयका व्यवस्थापन कमिटी सदस्य प्रसाइ ओकिनावा ओसीनरियु कराते एसोसिएसन अस्ट्रेलियाका पनि उनी सदस्य हुन् । खेलाडी ,प्रशिक्षक र टिम लिडरको रूपमा अनेकन जिम्मेवारी गरेका छन् । सन् २०१९ मा ढाकाको बङ्गलादेशमा भएको पाँचौँ , क्याडेट, जुनियर तथा यु–२१ प्रतियोगितामा प्रसाईं टिम मेनेजर थिए।यसैगरी सन् २०२३ मा भएको १७ औ अन्तर्राष्ट्रिय इन्डीपेन्डेन्स कराते च्याम्पियनसिपमा पनि उनि टोली नेता थिए ।
त्यस्तै,सन् २०१८ मा क्यानडामा भएको क्युबेक ओपन कराते च्याम्पियनसिपमा प्रसाईं टोली नेता थिए । मलेसियामा सन् २०१६ मा भएको १३ औ ओकीनावा गोजुरियो कराते च्याम्पियनसिपमा उनी टोली नेता हुनुको साथै रेफ्री पनि थिए । सन् २०१४ मा कोरियाको इन्चोनमा भएको एसियाली खेलका लागि जापानमा भएको नेपाली टोलीको विशेष तयारीका क्रममा प्रसाईं टोली नेता थिए । सोही एसियाली खेलकुदका लागि भएको कराते छनोटमा उनले संयोजकको भूमिका निर्वाह गरेका थिए । यस अघि नै सन् २०१३ मा भारतमा भएको एसियन कप अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा टोली नेता भएका प्रसाइ सोही वर्ष संयुक्त अरब इमिरेट्समा भएको दोस्रो अन्तर्राष्ट्रिय कराते ओपनमा पनि नेपाली टोलीको नेतृत्व गरेका थिए । सन् २०१२ को जनवरीमा भारतका भएको अन्तर्राष्ट्रिय सेसीकाई ओपन कराते च्याम्पियनसिपमा टोली नेता लगायतका कयौ महत्त्वपूर्ण अनुभव उनिमा छन् ।
अध्ययनशील ओम साहित्य विधामा पनि उत्तिकै रुचि राख्छन् । विभिन्न पत्र पत्रीकामा लेख रचना र कविता प्रकाशित गरी सकेका उनले लेखेका गीत पनि अहिले बजारमा छन् । गीतकार संघ नेपालको आजिवन सदस्य रहेका प्रसाईंका शब्दमा नेपालका बरिस्ठ गायक गायिकाले स्वर भरेका छन भने बरिस्ठ संगीतकारले संगीत दिएका छ्न । प्रसाईकै शब्दमा पिता बोलको गीत तेस्रो सिल्भर म्युजिक अवार्ड मलेसियामा आधुनिक तर्फ यो बर्षको उत्कृष्ट गीतकारको अवार्ड समेत प्राप्त गरेको थियो ।त्यतिमात्र होइन नेपालकै बहुप्रतिष्ठित सस्था नेपाल गीतकार संघ द्वारा प्रदान गरिने बैरवनाथ रिमाल कदम बर्ष गीतकार२०८१ द्वारा नगद ५७,००० /- सहितको पुरस्कार प्राप्त गरेका प्रसाईंको महत्त्वपूर्ण उपलब्धिका रुपमा लिन सकिन्छ ।

औपचारिक अध्ययनको क्रममा उनले नेपालमा खेलकुदको स्थायित्वका लागि पुर्न नवीकरणीय ऊर्जाको सम्भावनाको बारे लेख प्रकाशित भएको थियो । साथै दशरथ रङ्गशालामा सौर्य ऊर्जा मार्फत फ्लोड लाइटको प्रयोगको बारे पनि लेख प्रकाशित भएको थियो । थाइल्यान्डको प्रिन्स अफ सोङ्कला विश्व विद्यालयको सहकार्यमा सन् २०२१ मा एडभान्स स्ट्याटीकल प्याकेजमा उनको सहकार्य थियो । नेपाल इभालुसन सोसाइटी र जीएचएमकै सहकार्यमा भएको ‘ डिसिजन मेकिङ टुल्स फर इफेक्टिभ मनिटरिङ एन्ड एभालुएसन, अफ डेभलम्पेन्ट प्रोजेक्ट २०२१ ’ मा उनी सहभागी थिए । सोही वर्ष सस्टीनेबल स्टडी एन्ड रिसर्च सेन्टर(एसएसआरसी)को तीन दिने ‘ क्वालीटेटिभ अनुसन्धान’ सम्बन्धी तीन दिने कार्यशालामा उनी सहभागी थिए । सन् २०२१ मा प्रसाइले सोक्ला विश्व विद्यालय र अपरेसन रिसर्च सोसाइटी अफ नेपालको व्यवस्थापनमा भएको ‘सस्टीनेबल इनर्जी फर मिटीगेसन एन्ड एडम्पसन अफ क्लाइमेट चेन्ज एन्ड ग्लोबल वार्मीङ’को विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । सोही विश्वविद्यालयले आयोजना गरेको कार्यक्रममा उनले सन् २०२२ को सुरुवाती चरणमा नै नेपालको पर्यटन विकासमा कोभिड १९ परेको असरका बारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
यी प्राज्ञिक विषयका बाबजुद उनको मूल परिचय भने कराँतेकर्मी नै हो । यसै क्रममा उनले करातेका विभिन्न महत्त्वपूर्ण जिम्मेवारी पुरा गरी सकेका छन् ।

वित्तीय, प्राज्ञिक र खेल क्षेत्रमा उत्तिकै छाएका ओम नेपाली राजनीतिमा पनि सक्रिय नाम रहेता पनि २०८९ बाट एक स्वतन्त्र नागरिकका रुपमा रहेका छ्न ।

यी यावत सफलताका लागि उनले दर्जनौ दर्जन संस्थाबाट सम्मको अवसर पाइ सकेका छन् । खेलाडीको रूपमा पनि यावत सफलता पाएका उनको यो क्रम कम उमेर देखि भेट्रानसम्म कायम नै रह्यो । यसै वर्ष अस्ट्रेलियामा भएको विश्वकपमा स्वर्ण पदक जितेका उनले सन् २००७ मा स्पेनमा भएको विश्व च्याम्पियनसिपमा कुमुते र कातामा पदक जितेका थिए भने २००६ को विश्व गोजुरियो कराते प्रतियोगितामा स्वर्ण पदक हात पारेका हुन । थुप्रै सफलताका साथ आफ्नो नाम लेखाएका ओमलाई समग्रमा चिन्नु पर्दा उनी एउटा यस्तो कराँतेकर्मी हुन् जो काता र कुमुतेमा खेलाडी, प्रशिक्षक ,रेफ्री र व्यवस्थापककै रूपमा छवि बनाउन सफल छन् । राजनीति, वित्तीय, गीत सङ्गीत, कलाकारिता र प्राज्ञिक क्षेत्रको सफलताले नेपाली खेलकुदले पाएको एउटा उपहारको रूपमा उनी स्थापित छन् ।
खेलकुदकै हकमा भन्ने हो भने गोजुरियोको सातौँ डान उनी रेफ्री र इन्सट्रक्टरकै रूपमा मास्टर हुन् । सन् २००३ देखि उनी अन्तर्राष्ट्रिय रेफ्री समेत हुन् । उनले कराते रेफ्रीको यावत कोर्स गरेका छन् । विविध क्षेत्रमा यावत सफलता पाएका ओम कराते महासङ्घलाई अनुशासनको दायरामा राख्न र बोल्ड निर्णयका लागि परिचित छन् । उनका उपलब्धि एउटा सानो लेखमा उतार्न पूर्ण नहुन सक्छ । समग्रमा एउटै वाक्यमा भन्नु पर्दा नेपाली खेलकुदले पाएको एउटा बह्आयमिक व्यक्तित्व नै डा. ओमकृष्ण प्रसाईँ हुन् भन्दा अत्युक्ति नहोला।
यसकारण पनि अहिले डा.ओम कृष्ण प्रसाईं को नाम खेलकुद मन्त्रीमा जोडदार उठिरहेको छ,उनको योग्यता,अनुभव र नैतिकता हेर्दा पनि खेलकुद मन्त्री भए खेलकुदको बिकासमा इतिहास रचिने अनुमान गर्न सकिन्छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x