शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

कोरोना संक्रमित एक महिलाको मृत्यु

  • 36
  •  
  •  
  •  
  •  
  •  
  •  
    36
    Shares

विराटनगर /  कोरोना संक्रमित ३९ वर्षीया एक महिलाको मंगलबार बिहान मृत्यु भएको छ। विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा इलाम घर भएकी ति महिलालाई गम्भीर अवस्थामा उपचारका लागि बिहान ४:२० बजे अस्पताल ल्याइएको थियो तर बिहान ६ बजे आकस्मिक कक्षमै मृत्यु भएको हो। उनलाई श्वासप्रश्वासमा समस्या र ज्वरो देखिएपछि सोमबार बिर्तासिटी अस्पतालमा परीक्षण गरिएकामा कोरोना संक्रमण पुष्टि भएको थियो।

शव प्रहरीमार्फत नियमअनुसार परिवारलाई जिम्मा लगाइएको छ। कोशी प्रदेशमा हालसम्म मृतकसहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ, र प्रहरीले संक्रमण बढिरहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x