शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

आजबाट नागरिक उन्मुक्तिको केन्द्रीय समिति बैठक बस्दै 

Spread the love

शुक्रबार ८ चैत २०८१

काठमाडौं / नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समिति बैठक बस्दैछ।बैठक बिहान ११ः०० बजेबाट सुरू हुनेछ।

पहिलो महाधिवेशनपछि आजबाट सुरू हुन लागेको यो पहिलो केन्द्रीय समिति बैठक हो। बैठक चैत ८ र ९ गते मध्य बानेश्वरस्थित सनराइज क्याफेमा बस्दैछ।

अध्यक्ष रन्जिता श्रेष्ठले समसमायिक राजनीतिक बिषय तथा अन्य पार्टीसँगको एकीकरण र मोर्चाबन्दी लगायत विभिन्न विषयमा छलफल गर्न आकस्मिक केन्द्रीय समिति बैठकको आह्वान गरेको जनाएकी छन्।

सो बैठकमा पार्टीका प्रमुख संरक्षक रेशम चौधरी जेलमा हुँदा बनेका केन्द्रीय सदस्यहरू, प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरू, संस्थापक केन्द्रीय सदस्यहरुलाई बैठकमा बोलाइएको छ।

साथै, पार्टीबाट निर्वाचित संघ र प्रदेशका उम्मेदवार पालिकाका प्रमुख र उप प्रमुखहरू, जसलाई पछि केन्द्रीय समिति सदस्य बनाइएको थियो, उनीहरूपनि केन्द्रीय समिति बैठकमा बस्नेछन्।

नाउपाको पहिलो महाधिवेशन गत वर्ष पुस २६-२८गतेसम्म कैलालीको टिकापुरमा सम्पन्न भएको थियो। पहिलो महाधिवेशनले रेशम चौधरीको अध्यक्षतामा केन्द्रीय समिति गठन गरे पनि अदालतको आदेशका कारण उनी पदमुक्त हुनु परेको थियो।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x